शनिबार, बैशाख ८, २०८१

  भूकम्प पिडितलाइ रु १० हजार ,न्यानो कपडा किन्न रु ३ अर्बभन्दा बढी रकम वितरण

काठमाडौ पौष १८, शुक्रवार बसेको मन्त्रीपरिषदको बैठकले कडा निर्देशनदिएपछि भूकम्प प्रभावित २१ जिल्लाका तीन लाख दुई हजार २६६ परिवारलाई न्यानो कपडा किन्नका लागि रु तीन अर्बभन्दा बढी रकम वितरण गरेको छ । गृह मन्त्रालयका सहायक प्रवक्ता केशवराज आचार्यले आज जारी गर्नुभएको विज्ञप्तिमा जिल्ला दैवी प्रकोप उद्धार कोषबाट न्यानो कपडा खरिदका लागि यही पौष १७ गतेसम्म 9931_72188e7ac4865000a618d7e1b326ecb3_1451694831_05873_72188e7ac4865000a618d7e1b326ecb3_1451694831_0प्रतिपरिवार रु १० हजारका दरले रु तीन अर्ब दुई करोड २६ लाख ६० हजार वितरण गरिसकेको जनाएको हो ।यसअघि सरकारले भूकम्पपीडितलाई जाडोमा न्यानो लुगाका लागि प्रतिपरिवार १० हजार दिने निर्णय गरेको थियो । उक्त विवरणअनुसार सोलुखुम्बुमा सात करोड, ओखलढुङ्गामा १० करोड, सिन्धुलीमा १८ करोड, सिन्धुलीमा १८ करोड, रामेछापमा ४८ करोड, दोलखामा ६५ करोड, सिन्धुपाल्चोकमा ७५ करोड, काभ्रेपलाञ्चोकमा ५० करोड, ललितपुरमा २७ करोड, भक्तपुरमा २० करोड र काठमाडौँमा ४५ करोड रुपैयाँ निकासा गरिएको छ ।
त्यसैगरी नुवाकोटमा ७२ करोड, रसुवामा आठ करोड, धादिङमा ८० करोड, मकवानपुरमा ६० करोड, चितवनमा ५० करोड, गोरखामा ४० करोड, लमजुङमा आठ करोड, तनहुँमा चार करोड, स्याङ्जामा चार करोड, पर्वतमा तीन करोड, गुल्मीमा दुई करोड, पाल्पामा एक करोड १२ लाख र बाग्लुङमा एक करोड रुपैयाँ निकासा गरिएको विज्ञप्तिमा उल्लेख छ