शनिबार, बैशाख ८, २०८१

फेसबुकमा अटो भिडियो प्ले भएर हैरान हुनुभएको छ? छ भने यसो गर्नुस्

एजेन्सी /काठमाडौं पौष १८, आजभोली सामाजिक सञ्जाल फेसबुकमा विभिन्न प्रकारका भिडियो आवश्यताभन्दा बढिनै अपलोड हुँने गरेका छन । यसरी अपलोड भएका भिडियोहरु चाहेर वा नचाहेर हेर्नैपर्ने बाध्यता पनि हुने गरेको छ । किनकी ‘कर्सर’ पुग्नासाथ ती भिडियो आफैं प्ले हुन थाल्छन् । धेरैजसोलाई यो फिचर मन पर्न छाडेको छ । किनकी भिडियो प्रशारण हुनासाथ केही न केही तपाईको डाटा खर्च हुन्छ नै ।

facebook_360_videos_ios_press_imageकेही भिडियो त विभत्ससमेत हुने गरेका छन् । त्यस्तै केही भिडियो तपाईको स्वभाव वा मान्यताका विपरीत पनि हुन सक्छन् । त्यसैले मन नलागे पनि भिडियोको झलक हेर्नै पर्ने बाध्यताबाट मुक्ति खोजिरहनु भएको छ ? यस्तो बाध्यताबाट मुक्ति खोजिरहनु भएको छ भने आफ्नो फस्टमा फेसबुक लग इन गर्नुहोस् र दायाँ छेउमा ‘डाउन एरो’ देखिन्छ जहाँबाट तपाई ‘लग आउट’ को सुविध���समेत प्रयोग गर्नुहुन्छ ।

उक्त ‘डाउन एरो’ मा क्लिक गरेपछि ‘सेटिङ्ग’ को विकल्प पाउनु हुनेछ । त्यहाँ क्लिक गरेपछि एउटा नयाँ पेजमा पुगिन्छ । उक्त पेजको बायाँतिर सबैभन्दा तल ‘भिडियो’ को विकल्प दिइएको छ । ‘भिडियो’ मा क्लिक गरिसकेपछि दायाँतिर दुई विकल्प हुन्छन् । ‘भिडियो डिफल्ट क्वालिटी’ मा तपाईले ‘एसडी वनली’ छान्नुपर्ने छ भने ‘अटो प्ले भिडियो’ मा रहेका ट्याबमध्ये ‘अफ’ लाई छान्नुहोस् । त्यसपछि तपाई आफ्नो फेसबुकको टाइमलाइनमा आउने भिडियोहरु आफैं प्रशारण हुने समस्याबाट मुक्त हुनुहुने छ ।