बिहिबार, चैत्र १५, २०८०

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता निर्वाध उपभोगमा देखिएको असहज वातावरण प्रति काउन्सिलद्दारा चिन्ता व्यक्त

काठमाडौ पौष २५, प्रेस काउन्सिल नेपालको बोर्ड बैठकले मधेसमा जारी आन्दोलन र नाकाबन्दीका कारण सञ्चार माध्यमको प्रशारण तथा वितरणमा देखापरेको समस्याबारे चिन्ता र चासो व्यक्त गरेको छ ।

council's appealकाउन्सिलद्दारा बैठकपछि जारी ६ बुँदे अपिलमा उल्लेख भएअनुरुप बोर्ड बैठकमा सञ्चारकर्मी तथा सञ्चार माध्यममाथिको सुरक्षा चुनौती, आवागमन र पहुँचमा अवरोध एवम् मिडियाको स्वतन्त्र र सन्तुलित भूमिका एवम् पत्रकार आचारसंहिता पालना सन्दर्भमा उठेका प्रश्नकाबारेमा छलफल भएको जनाउँदै जस्तोसुकै विषम अवस्थामा पनि पत्रकारिताका मान्य सिद्धान्त र पत्रकार आचारसंहिताको दृढतापूर्वक पालना गर्न सञ्चारकर्मी तथा सञ्चारगृहलाई आग्रह गर्दै आन्दोलनको रिपोटिङगको क्रममा क्षति पुगेको उपकरण नयाँ खरिद गर्नु कायन्सिलले ३५ प्रतिशत अनुदान सहयोग गर्ने जनाउँदै काउन्सिलले अचारसंहिता पालना नगर्ने सञ्चारकर्मी तथा सञ्चारगृहमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै पत्रकार सुरक्षा तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध उपभोगको वातावरण निर्माण गर्न पनि काउन्सिलले राजनीतिक दल तथा आन्दोलनरत पक्षलाई अपिल गरेको छ ।

त्यस्तै काउन्सिलले मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र सामाजिक सद्भाव संरक्षण र हिंसालाई निरुत्साहित गर्न विशेष भूमिका खेल्नसमेत अपिल मार्फत आग्रह गरेको छ ।