बिहिबार, बैशाख १३, २०८१

प्रहरी दमनका विरुद्ध राष्ट्रिय जनसंघर्ष मोर्चा आन्दोलित

काठमाडौ पौष २७,  राष्ट्रिय एकता दिवस एवम् २ सय ९४ औं पृथ्वी जयन्तीको अवसरमा आज नेपाल एकीकरणको क्रममा पृथ्वी नारायण शाहले प्रयोग गरेको तरवारको प्रतिक काठको तरवार सहितको र्याली सिंहदरवार अगाडि रहेको पृथ्वी नारायण शाहको सालिकमा anup_20160111_104 anup_20160111_105 anup_20160111_111 anup_20160111_113माल्याअर्पण गर्न गएका राष्ट्रिय जनसंघर्ष मोर्चाका कार्यकार्तामाथि भद्रकालीमा प्रहरीले अन्धाधुन्ध लाठि चार्ज गरेर दर्जनौलाई घाईते बनाएपछि मोर्चाले आक्रोश सहित प्रहरी दमन विरुद्ध प्रतिकार गर्ने चेतावनी दिएको छ । मोर्चाले आज साँझ पत्रकार सम्मेलन गरेर आफूहरुको कार्यक्रममा प्रहरीले दमन गरेको जनाउँदै प्रस्तुत दमनको कडा प्रतिकार गर्ने चेतावनी दिएको हो ।

पत्रकार सम्मेलनमा मोर्चा आन्दोलन परिचालन कमिटिका संयोजक विक्रमबहादुर बमले पृथ्वी नारायण शाहले तरवारको भरमा एकता गरेको सम्झनामा आफूहरुले काठको तरवारसहित झाँकी निकाल्दा प्रहरीले दमन गरेको भन्दै पूर्व जानकारी सहित कार्यक्रम गर्दा पनि दमन गर्नु न्यायसंगत नभएको जिकिर गर्नु भएको थियो । त्यस्तै मोर्चा संयोजक श्याम तिम्सिनाले नियोजितरुपमा भएको प्रहरी दमन आफैमा राष्ट्रबादी शक्तिको अपमान भएको तर्क गर्नु भएको थियो ।
कार्यक्रममा पत्रकार अस्मिता भण्डारीले राज्यले नै राष्ट्रिय एकता दिवस र पृथ्वीजयन्तीलाई औपचारिक रुपमा मनाउनुपर्नेमा उल्टो जनस्तरबाट मनाईएको कार्यक्रममा राज्यको तर्फबाट नियोजित रुपमा आक्रमण हुनु आफैमा दुखद भएको भन्दै आक्रोस सहित  राज्यले आफूहरुलाई विभेद गरेको आरोप लगाउँनु भएको थियो ।
त्यस्तै पत्रकार सम्मेलनमा मोर्चाका सह संयोजक सरद चन्द्र दाहाललगायतले प्रहरी दमन विरुद्ध चक्रो आलोचना गर्दै लाठि प्रहारबाट राष्ट्रिय नागरिक पार्टीका अध्यक्ष सिद्धार्थ अधिकारी, श्रीजना वाग्ले , शरिता लामा, शिवसेनाका अध्यक्ष विक्रमबहादुर बम, सुवास श्रेष्ठ, रोशन थापा मगर, महाविर सिं खड्का महेन्द्रराज मल्ल ,शोनम लामा, नवराज दाहाल , अमृत ठाकुर, लगायतका एक दर्जन घाईते भएको जानकारी दिईएको थियो ।

anup_20160111_55 anup_20160111_56 anup_20160111_57

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031