शुक्रबार, चैत्र १६, २०८०

पौष २७ लाइ राष्ट्रिय पर्वका रुपमा मनाउन माग

काठमाडौ पौष २३, राप्रपा नेपाल (समानान्तर) ले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको आगामी पौष २७ गते २९४औँ जन्मजयन्तीको Prithvinarayanshahअवसरलाई राष्ट्रिय पर्वका रुपमा मनाउन सरकारसँग माग गरेको छ । समानान्तर केन्द्रीय समितिले आज एक प्रेस विज्ञप्ति जारी गर्दै हरेक पौष २७ गतेको दिनलाई राष्ट्रिय महत्वको दिनका रुपमा ग्रहण गर्दै, सरकारीस्तरबाट राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती राष्ट्रिय पर्वका रुपमा मनाउन माग गरेको हो ।

पार्टीका प्रवक्ता सगुनसुन्दर लावतीले जारी गर्नु भएको विज्ञप्तिमा राष्ट्रियता माथि गम्भीर संकट देखिएको समयमा परिवर्तनको नाममा सरकारी स्तरबाट भएको विगतको गल्ती सच्याउदै राष्ट्रिय एकता र अखण्डताका धरोहर पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउने क्रममा सरकारबाट सो दिन बिदा घोषणा गर्न समेत माग गरेको छ ।