बुधबार, बैशाख १२, २०८१

पृथ्वीनारायणको योगदानलाई कसैले कहिले पनि नजरअन्दाज गर्न नसक्ने प्रम ओलीको जिकिर

काठमाडौ पौष २७, २९४ औँ पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसका अवसरमा गठबन्धन सरकारका साझेदारदल राप्रपा नेपालले आज आयोजना गरेको जलपान समारोहमा पुग्नु भएको प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीनारायण शाहको अगुवाइमा राष्ट्र निर्माणका लागि anup_20160111_53गरेको योगदानलाई कसैले कहिले पनि नजरअन्दाज गर्न नसक्ने बताउनुभएको छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले राष्ट्रिय एकता दिवसले नेपालको राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकताको संरक्षण र सम्बद्र्धनका लागि प्रेरणा दिने विश्वास व्यक्त गर्दै प्रस्तुत दिवसले नेपाली हुनुमा गर्वको अनुभूति गराउनुका साथै राष्ट्रप्रति गौरव गर्ने वातावरण निर्माण गरेको बताउँनु भएको थियो ।

जलपान कार्यक्रममा मन्त्रिगण, काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, नेकपा (एमाले) का नेता माधव नेपाल, उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावल, नेकपा (माले)का महासचिव एवम् महिला तथा उपप्रधानमन्त्री सिपी मैनाली, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्द, नेता पशुपति शम्शेर जबरा तथा पूर्व उपराष्ट्रपति परमानन्द झा र मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, विभिन्न मुलुकका राजदुत, संसद् सचिवालयका महासचिव, सुरक्षा निकायका प्रमुख, बुद्धिजीवी, कलाकार, पत्रकार लगायतको सहभागीता रहेको थियो ।