शुक्रबार, चैत्र १६, २०८०

पत्रकारलाइ दुव्र्यवहार गर्दै ज्यान मार्ने धम्की दिने सेनाका अधिकारीलाइ कारवाहीको माग

काठमाडौैं पौष २०, नेपाल पत्रकार महासंघले स्वतन्त्र रुपमा समाचार संकलन गर्न पाउने पत्रकारको संवैधानिक अधिकारलाई बञ्चित गर्नेगरी सेनाका जिम्मेवार अधिकारीबाटनै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप गर्दै समाचार संकलनको क्रममा press release 20 pushसुर्खेतमा पत्रकारहरू सुदिप पुरी, सुशील खड्का, ईश्वर अधिकारी र कृष्ण आचार्यमाथि नेपाली सेनाबाट भएको दुव्र्यवहार र हातपातको घटनाको भत्सर्ना गर्दै प्रस्तुत घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघद्दारा आज जारी विज्ञप्तिमा पत्रकारमाथि सेनाको तर्फबाट भएको भएको यो ज्यादतीले प्रेसको संवैधानिक अधिकारको समेत उलङघन भएको भन्दै घटनामा संलग्न सैनिक अधिकारीको उक्त व्यवहार के कति कारणले भएको हो तत्काल छानबिन गरी विभागीय कारबाही गर्न सम्बन्धित पक्षसग पनि माग गरेको छ ।

महासंघ सुर्खेत शाखाका अनुसार २०७२ पौष १९ गते वीरेन्द्रनगरमा रहेको सैनिक आवासीय महाविद्यालयमा विद्यार्थीद्वारा शिक्षक कुटिएको विषयमा समाचार संकलन गर्न पुगेका पत्रकारत्रयलाई कर्णेल शिवप्रताव कार्कीले दुव्र्यवहार गर्दै ज्यान मार्ने धम्कीसमेत दिदै पत्रकारहरूको क्यामेरा खोस्ने कार्य भएको  महासङ्घले जनाएको छ ।  त्यस्तै विज्ञप्तिमा स्वतन्त्रत प्रेसको सम्मान गरी पत्रकारको सुरक्षा र निर्वाध प्रेस स्वतन्त्रताको उपभोगको वातावरण निर्माण गर्न सम्बन्धित पक्षलाई आग्रह समेत गरिएको छ ।