शुक्रबार, चैत्र १६, २०८०

नेपाल आयल निगमले आज निजी गाडीहरुलाई तेल वितरण गर्दै

तेल वितरणकाठमाडौ पौष २२, नेपाल आयल निगमले निजी गाडीहरुलाई तेल उपलब्ध गराउने भएको छ । उपत्यकाकाका ५३ ओटा पम्पहरुबाट आज निजी सवारीलाइ वितरण गर्ने निगमले यसअघिनै सूचना प्रकाशित   गरि निजि सवारी धनीहरुलाइ सूचित गरिसकेका छन ।
आज बिहान ९ बजेदेखि पेट्रोल वितरण गरिने र यसका लागि   नवीकरण भएको ब्लुबुक साथमा लिएर बस्नु पर्ने र त्यसको अनुगमन वाणिज्य विभाग, आयल निगम र नेपाल प्रहरीले गर्ने जनाइएको छ ।

त्यस्तै आज १ देखि ६ लटसम्मका निजी कार जीपले पेट्रोल पाउनेछन् । यस्तै २४ गते ७ देखि १० लटसम्मका र २७ गते ११ लट भन्दा माथिका कार र जीपलाई पेट्रोल दिइने निगमले जनाएको छ ।