बिहिबार, बैशाख १३, २०८१

नेपाली बनौँ, नेपालीपनमै रमाऔँ भन्दै आज राष्ट्रिय टोपी दिवस मनाइयो

काठमाडौ पौष १७,  नेपाली युवा पुस्ता बढ्दो पश्चिमा संस्कृतिको प्रभावलाइ न्यूनिकरण गर्ने प्रयास स्वरुप आज नेपाली पहिचान र संस्कृतिबारे सचेतना जगाउन भन्दै ‘नेपाली बनौँ, नेपालीपनमै रमाऔँ’ भन्ने मूलनाराका साथ राष्ट्रिय टोपी दिवस मनाईएको छ ।
केहि युवा जमातको सामूहिक प्रयास स्वरुप विगत ४ वर्ष देखि निरन्तर इश्वी सम्बत शुरुको दिनमा राष्ट्रिय टोपी दिवस मनाउने गरिआएको हो । दिवस कार्यक्रममका आयोजक समूह आवद्ध एक सदस्यका अनुसार प्रस्तुत दिवसले नेपाली हुँनुको गौरवको पक्षलाइ अझ प्रभावकारी बनाइनुको अलावा आफ्नो पनको समेत प्रवद्धन गर्ने बताए । त्यसअवसरमा सर्वसाधारणले टोपी लगाएर तस्बिर खिचाएका थिए ।