बिहिबार, चैत्र १५, २०८०

त्रिपाल घोटाला प्रकरणमा तत्कालीन सहरी विकास सचिव कार्कीसहित ५ जनालाई कारबाही सिफारिस

काठमाडौं पौष २१, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बैशाख १२ गतेको महाभूकम्पबाट पीडितभएकाहरुको लागि भन्दै खरिद arjun-kumar-karkiगरिएको त्रिपालमा घोटाला गरेको आरोपमा सहरी विकास मन्त्रालयका तत्कालीन सचिवसहित पाँचजनालाई कारबाही गर्न सिफारिस गरेको छ । आयोगद्दारा आज जारी विज्ञप्तिमा खरिद गरिएका त्रिपालहरुको श्रोत हेर्दा हिमाल टेन्ट्स प्रालि ललितपुर, तथा झंकार मल्टिपल कन्सर्न प्रा. लि.बाट त्रिपाल आपूर्ति गरेको भनि झुठ्ठा कागजात पेश गरी बदनियतपूर्ण तवरले आर्थिक लाभ लिएको उल्लेख गरिएको छ ।

त्यस्तै विनाशकारी भूकम्पका कारण अकल्पनीय क्षतिबाट मर्माहत भएका आम नेपाली नागरिकहरुको दु स्खमा निस्वार्थ भावनाले मल्हमपट्टी लगाउनुपर्नेमा यस्तो विपद्को दुःखद घडीमा समेत आ-आफ्‍नो कर्तव्य र दायित्वबाट विमुख भई निर्लज्ज ढंगले पिडाको अवसर छोपी कम गुणस्तरको त्रिपाललाई बढि गुणस्तर, कम परिमाण त्रिपाल आपूर्ति गरेकोलाई बढि परिमाण, सानो साइजको त्रिपाल आपूर्ति गरेकोमा ठूलो साइज तथा दर रेटमा समेत अस्वाभाविक वृद्धि गरी आफूहरूले गैरकानुनी लाभ लिने र नेपाल सरकारलाई गैरकानुनी हानि नोक्सानी पुर्‍याउने सहरी विकास मन्त्रालयका तत्कालीन सचिव अर्जुनकुमार कार्की, सहसचिव बासुदेव गुरागाइँ, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शम्भु केसी, सीडीइ निलमकुमार दंगाल र प्रमुख लेखा नियन्त्रक नारायण निरौलालाई विभागीय कारबाहीका लागि सरकारलाई सिफारिस गरेको उल्लेख गरिएको छ ।