शुक्रबार, चैत्र १६, २०८०

तीन दलीय कार्यदलसँग बार्ता गर्न मोर्चाले बनायो अलग्गै कार्यदल

काठमाडौं पौष २१, आन्दोलनरत मधेसी मोर्चाले प्रमुख तीन दलसँग वार्ताका लागि अलग्गै तीन सदस्य कार्यदल बनाएको छ । प्रमुख तीन morcha karyedallदलले आफूहरुले गठन गरेको कार्यदलमा प्रतिनिधि पठाउँन गरेको आगैहलाइ अस्वीकार गर्दै बसेको मोर्चाको बैठकले अलग्गै कार्यदल गठन गरेको हो ।
आज गठन गरिएको कार्यदलमा तमलोपाबाट  हृदयेश त्रिपाठी, संघीय समाजवादी फोरम नेपालबाट महासचिव राजेन्द्र श्रेष्ठ र तराई मधेस सद्भावना पार्टीका राम नरेश यादवलाई रहेका छन । मोर्चाको कार्यदलले तीन दलीय कार्यदलसँग बार्ता गर्ने छ ।  यसअघि  प्रमुख तीन दलले संविधान संशोधनमा सहमति जुटाउन र मोर्चाले उठाएको ११ बुँदे मागका विषयमा छलफल जुटाउन कार्यदल गठन गरेको थियो ।