शुक्रबार, चैत्र १६, २०८०

ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई प्रहरीले प्रत्येक सोमबार इन्धन वितरण गर्ने

काठमाडौं पौष १९,  नेपाल प्रहरीले ७० बर्ष नाघेका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई पौष २० गतेबाट प्रत्येक सोमबार १० बजेदेखि ४ बजेभित्र इन्धन बितरण गर्ने भएको छ । इन्धन अभावका कारण ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुले अनेकन download (1)समस्या झेल्नु परेको जनाउँदै नेपाल प्रहरीले उनीहरुलाई सहजै रुपमा इन्धन उपलव्ध गराउँन लागेको हो ।

नेपालका प्रहरीका अनुसार प्रधान कार्यालय नक्साल स्थित पेट्रोल पम्पबाट अपाङ्गता भएका व्यक्तिलाइ र सामुखुसी स्थित महालक्ष्मी पेट्रोल पम्पबाट ज्येष्ठ नागरिकलाई इन्धन बितरणको व्यवस्था मिलाइएको जनाएको छ । तर इन्धन लिनको लागि भने  अपाङ्गता भएका व्यक्तिले सवारी दर्ता किताब अर्थात ब्लुबुक अनिबार्य रुपमा प्रस्तुत गनुैपर्ने छ भने ज्येष्ठ नागरिकले उमेर खुल्ने प्रमाणपत्र र सवारी चालक अनुमतीपत्र सहित आफैले चलाएर आएको सवारी साधनमा मात्र इन्धन भर्न पाउने व्यवस्था मिलाएको जनाएको छ