शनिबार, बैशाख ८, २०८१

चियर अर्फ नेपालले राजधानीमा १० हजार युवा भेला गर्ने

काठमाडौं पौष २३, चियर अर्फ नेपालले मुलुकमा विद्यमान असहज परिस्थितीका कारण मधेसका बालबालिकाको पठनपाठनमा परेको Captureप्रभावबारे विश्वको ध्यान नेपालमा केन्द्रीत गर्ने गराउँने लक्ष्य सहित राजधानीमा १० हजार युवा भेलाको आयोजन गर्ने भएको छ ।

मानवबाट नेपाली झण्डाको चित्र बनाई राष्ट्रियताको जागरण अभियान समेत चलाइसकेका संस्था चियर अर्फले आगामी फागुन १ गते टुडिँखेलमा भेला भएर गौतम बुद्धको चित्र बनाई त्यसमा ‘युनाइडेड फर पिस वर्क’ लेखी नेपालमा मात्र नभई विश्वमा अशान्तिका कारण बालबालिकाको भविष्यमा नकारात्मक प्रभाव परिरहेको अवस्थालाइ आत्मासात गर्दै बृद्ध शान्तिका प्रतीक भएकाले बृद्धको चित्र बनाइ शान्ति कायम गर्न विश्व समुदायलाई अपिल गर्ने उद्देश्यले यस किसिमको कार्यक्रम आयोजना गर्न लागिएको आयोजनक संस्थाले जनाएको छ ।