बुधबार, बैशाख १२, २०८१

कार्यदलमा १ जनाको होइन ४ जनाको नाम पठाउँछौँ : मोर्चा नेता राय

काठमाडौ पौष २०, रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रमा बोल्दै तराई मधेस सद्भावना पार्टीका manish-555x335वरिष्ठ नेता एवम् वार्ता टोलीका सदस्य रामनरेश रायले सरकारले मागेजस्तो एक जनाको मात्र नाम नभइ मोर्चामा ४ पार्टी रहेकाले कार्यदलमा नाम पठाउँदा पनि ४ जनाको नाम पठाउने र यसको लागि मोर्चाको आज साँझ वा भोलीसम्ममा मोर्चाले निर्णय लिने बताउँनुभएको छ ।

त्यस्तै उहाँले मोर्चाको तर्फबाट प्रस्तुत ११ बुँदे माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताउँनुभएको छ । त्यस्तै कार्यक्रममा सहभागी अर्कावक्ता सद्भावना पार्टीका महासचिव मनिष सुमनले राजेन्द्र महतोमाथि भएको आक्रमणमा राज्यले माफी नमागेसम्म कुनै पनि वार्तामा सहभागी नहुने स्पष्ट जनाउ दिैदै मोर्चाको आन्दोलन नाका धर्ना, आमहडताल र राज्यलाई कर नतिर्ने तीन सिद्धान्त अनुसार भएको जनाउँदै माग पुरा नभएसम्म आन्दोलन जारीरहने अभिव्यक्ति दिनुभएको छ ।