बिहिबार, बैशाख १३, २०८१

ओली सरकारका ३ मन्त्रीद्दारा आफ्नो सम्पति विवरण सार्वजनिक

 

काठमाडौ र्पाष २४, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारका ३ जना मन्त्रीहरुले आज आफ्नो सम्पति विवरण सार्वजनिक गरेको छ । आज आफ्नो सम्पति विवरण सार्वजनिक गर्ने मन्त्रीहरुमा विज्ञान तथा प्रविधिमन्त्री शिवलाल थापा, 3mभूमिसुधार तथा व्यवस्था राज्यमन्त्री विक्रमबहादुर थापा र स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमले रहेका छन ।
मन्त्रीत्रय मध्ये मन्त्री शिवलाल थापाले आफ्नो सम्पति विवरणमा विभिन्न बैंक, वित्तीय तथा सहकारी संस्थामा रु २७ हजार ५०० शिक्षक निवृत्ति भरणबाट बचत रहेको उल्लेख गर्दै तनहुँ जिल्लाको भिरकोट, शिवपुर र व्यास नगरपालिकामा करिब एक रोपनी छ आना जग्गा श्रीमती इन्दिरा थापा र आफ्नो नाममा शिक्षण पेसा र पुख्र्यौली सम्पत्तिबाट आर्जन गरेको जनाउँनु भएको छ ।

त्यस्तै भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री विक्रमबहादुर थापाले आफ्नो समपति विवरणमा बैंक, वित्तीय तथा सहकारी संस्थामा रु पाँच लाख नगद, ३० तोला सुन र १२५ तोला चाँदीका गरगहना रहेको जुन पैतृक सम्पत्ति र स्वआर्जनबाट संचय रहेको जनाउँदै ४० रोपनी जग्गाभित्र दुई, तीन र चार तलाका तीनवटा घर, मोटरसाइकल दुई, एक स्यान्ट्रो गाडी पैतृक रहेको उल्लेख गर्नुभएको छ ।

त्यसैगरी, स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमले काठमाडौँको स्युचाटारमा चार आना र रौतहटमा १० बिगाहा ३ कट्ठा जमिन पुख्र्यौली सम्पत्तिका रुपमा रहेको जनाउँदै आफ्नो सम्पतिमा ४ वटा भैँसी, २ वटा गाई, छवटा गोरु र ११ बाख्रा चौपायाका साथै २० तोला सुन, ५० तोला चाँदी रहेको उल्लेख गर्नु भएको छ । साथै उहाँले बैंक तथा वित्तीय संस्थामा रु २० लाख नगद संचय रहेको जनाउँनु भएको छ ।