बिहिबार, चैत्र १५, २०८०

एमाओवादी अध्यक्ष र सभामुख बुधबार थाइल्यान्ड जाने

काठमाडौ पौष २० एमाओवादी अध्यक्ष प्रचण्ड र सभामुख ओनसरी घर्ती मगर बुधबार थाइल्यान्ड जानुहुँने भएको छ । थाइल्यान्डस्थित prachanda-onsari-555x335अस्पतालमा उपचार गराइरहनुभएका एमाओवादीका सचिव वर्षमान पुनलाई भेट्दै उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिन उहाँहरु साताव्यापी भ्रमणको कार्यक्रम सहित त्यतातर्फ जानलाग्नुभएको हो । एमाओवादीका सचिव एवम् सभामुख ओनसरी घर्तीका श्रीमान समेत रहेका वर्षमान पुन कमलपित्त रोगको उपचारका लागि दुई सातादेखि थाइल्यान्डमा उपचार गराइरहनुभएको छ ।