शुक्रबार, चैत्र १६, २०८०

एफएम स्टेसनमाथिको आक्रमण प्रेस स्वतन्तत्रा माथिको हस्तक्षेप : महासंघ

press release 17 magh काठमाडौं माघ १७ , नेपाल पत्रकार महासंघले सर्लाही सदरमुकाम मलंगवास्थित बिहिबार राती करिब १५ जनाको भिडले रेडियो मधेसको कार्यालयमा गरेको तोडफोडको घटनाप्रतिे आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघ सर्लाही शाखाका अनुसार उक्त दिन साँझ ६ः०० बजेतिर १५/१६ जनाको समुहमा रहेका युवाले मुल गेड तोडेर भित्र पसी ढुंगामुढा गरी तोडफोड गर्दा रेडियो रहेको घरको झ्याल ढोका र फर्निचर ध्वस्त भएको छ । तोडफोडपछि असुरक्षाका कारण एफएमको प्रसारण अवरुद्ध हुन पुगेको महासंघद्दारा जारी विज्ञप्तिमा  उल्लेख गरिएको छ ।
प्रस्तुत घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै तत्काल दोषिमाथी कारबाही र एफएम स्टेसनको सुरक्षाको व्यवस्था मिलाउन सरोकारवाला निकायको ध्यानाकर्षण समेत गराएको छ ।