बिहिबार, चैत्र १५, २०८०

अनियमितता गर्ने राजदूतलाई कारबाही गर्न आयोगको निर्देशन

काठमाडौ पौष २२, परराष्ट्र मन्त्रालय अन्तर्गत विभिन्न देशस्थित नेपाली दुतावास तथा नियोगहरुमा कार्यरत राजदूत एवं पदाधिकारीहरु अधिकार प्राप्त अधिकारीले सरोकारवाला निकायको स्वीकृति नलिई आफुखुसी तोकिएको कार्यकाल भन्दा बढी बसी तलव भत्ता र सुविधा timthumb (1)अनियमित तरिकाले लिई नेपाल सरकारलाई हानी नोक्सानी पुर्याउँने र तोकिएको कार्यकालभन्दा बढी बसी तलब, भत्ता र सुविधामा अनियमितता गर्ने नेपाली दूतावास तथा नियोगमा कार्यरत राजदूत एवम् पदाधिकारीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज निर्देशन दिएको छ ।

आयोगले आज जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई पत्र लेखी सरकारलाई हानी नोक्सानी पु¥याएका सम्बन्धमा प्रचलित कानुनबमोजिम त्यस्ता पदाधिकारीबाट नियमानुसार असुल गर्न निर्देशन दिदै विदेशस्थित नेपाली राजदूतावास तथा नियोग प्रमुखको अवधि नियुक्ति हुँदा तोकिएको अवधिभन्दा बढी वा केही समय कुनै विशेष परिस्थितिको कारणले थप्नुपर्ने आवश्यक भएमा म्याद थप गर्नुपर्ने कारण र आधार समेत स्पष्ट पार्नसमेत निर्देशन दिइएको छ ।