काठमाडौ पौष १९, मुलुकमा मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण भोग्नुपरेको पिडाबाट राहत पाउँने प्रमुख ३ दल र मधेसी मार्चावीच भएको सुरु भएको वार्ताबाट जारी राजनीतिक गतिरोध अन्त्यका हुँने विस्वास एवम् नितिगत सहमति सहितको निष्कर्षको अपेक्षा गर्दै बसेको अवस्थामा विगमा जस्तै प्रमुख दल मोर्चावीच केवल साझा धारणा बनाएर अघि बढ्ने आशयको सकारात्मक छलफलमात्र भएको भन्ने समाचार पाउँदा संगालेका ति सवै अपेक्षा जिजिविसामा रुपान्तरण भएको छ ।
त्यसो त प्रधानमन्त्री निवास बालुवाटारमा राती अबेरसम्म बसेको सत्तारुढ नेकपा एमाले , ए माओवादी र प्रमुख प्रतिपक्षी दल काँग्रेस तथा मधेसी मोर्चाबीचको बैठकमा सहमतिको बिन्दु पहिल्याउन एउटा संयन्त्र बनाएर जाने विषयमा सैद्धान्तिक सहमति भने भएको छ ।
तीन घन्टा भन्दा लामो समय चलेको आजको बैठकमा प्रमुख दलको तर्फबाट १ – १ र जना र मोर्चाबाट पनि १ – १ एक–एक प्रतिनिधि रहने गरी कार्यदल बनाउँने र यसरी बन्ने कार्यदलले मोर्चाद्दारा प्रस्तुत मागलाइ सम्बोधन गर्ने प्रस्ताव गर्दा प्रस्तुत प्रस्तावप्रति मोर्चाले आवश्यक छलफल गरेर जवाफ दिने बताएको थियो ।
तर प्रमुख दलको तर्फबाट आजै ३ सदस्यीय कार्यदलमा रहने सदस्यको समेत पहिचान गरिसको छ । जस अनुसार काँग्रेसका नेता महेश आचार्य, एमालेको तर्फबाट भीम आचार्य र ए माओवादीको तर्फबाट कृष्णबहादुर महरा रहनुभएको छ । यसैवीच छलफल पछि बाहिरिने क्रममा सहभागी नेताहरुले पत्रकारहरुसंग कुरा गर्दै मुलुकमा जारी गतिरोध अन्त्यका लागि लहरूबीच सकारात्मक छलफल भएको प्रतिक्रिया दिदै संविधान संशोधन र प्रदेश सीमाङ्कनबारे लामो छलफल भएको र त्यसमा सहमति खोज्नका लागि तीन दल र मधेसी मोर्चाका प्रतिनिधि रहनेगरी कार्यदल बनाएर जाने सहमति भएको जानकारी दिदै गर्दा मोर्चासम्वद्ध नेताहरुले भने प्रमुखदलको तर्फबाट सहमतिको मस्यौदा तयार गर्न ३ दलले संयन्त्र बनाएर जाने प्रस्ताव प्रस्तुत भएको र त्यसबारे मोर्चाले पछि जवाफ दिने गरि बैठकबाट उठेको बताउँदै मोर्चाद्दारा प्रस्तुत मागका सवालमा विषय प्रवेस मात्र भएको जनाउ दिनु भएको छ ।