बिहिबार, बैशाख १३, २०८१

होहल्लाका वीच संसद्को आजको बैठकमा संविधान पहिलो संशोधन प्रस्ताव र पुनःनिर्माण विधेयकसम्बन्धी प्रतिवेदन प्रस्तुत

काठमाडौ मार्ग २९, निर्धारित समयभन्दा साढे दुई घन्टा ढिलो अर्थात् अपराह्न १५ः३० बजे सुरु भएको व्यवस्थापिका–संसद्को आजको बैठकको प्रारम्भमा मधेसी मोर्चाका सांसदले आआफ्नो स्थानबाट उठेर विरोध जनाउदै होहल्ला गरेपनि सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट prime-Minister-election-in-nepal-300x201प्राप्त वर्तमान मन्त्रिपरिषद् गठन, कार्यविभाजन र हेरफेसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो । त्यस्तैगरि त्यस्तै गरि महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिका सभापति रञ्जुकुमारी झालाई समितिको वार्षिक प्रतिवेदन पनि पेस गर्नुभएको थियो ।

त्यसको लगत्तै विधायन समितिका सभापति गङ्गा चौधरीले ‘भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७२’ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलल नेपालको संविधान (पहिलो संशोधन) २०७२ सम्बन्धी प्रस्ताव पेस गर्नुभएको छ । नेपाली काँग्रेसको नेतृत्वमा रहको सरकारले मधेस आन्दोलनलाई सम्बोधन गर्न दर्ता गराएको उक्त विधेयकलाई अघि बढाउने विषयमा प्रमुख दलबीच केही दिनअघि सहमति अनुरुप आज उक्त विधेयक पेश गरिएको हो ।
व्यवस्थापिका संसदका प्रमुख प्रतिपक्षी दल काँग्रेसले विधेयकलाई अघि नबढाएसम्म सदनका अरु काम अघि बढाउन नदिने जनाउँदै यसअघिका संसद्का बैठक अवरोध गर्दै आएको थियो । संसद्को अर्काे बैठक पौष १ गते अपराह्न ४ः०० बजे बस्ने छ ।