शुक्रबार, चैत्र १६, २०८०

सोमवार राष्ट्रपति भण्डारीलेआराध्यदेव पशुपतिनाथको विशेष सङ्कल्प पूजा गर्नुहुने

काठमाडौ पौष १० ,राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा भइरहेको सङ्कट मुक्ति एवम् राष्ट्र कल्याणको कामना गर्दै आगामी सोमवार pashupati_umeshअर्थात पौष १३ गते बिहान ९ः३० बजे सोमबार पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्नुहुने भएको छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टन्डनले राष्ट्रपति भण्डारीले राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजा गर्ने कार्यक्रम तय भएको जानकारी दिदै सोमवार बिहान ९ः३० बजे पञ्चामृत र अभिषेकसहित आराध्यदेव शिवको पूजाअर्चना र त्यस्र्त गरि वासुकीनाथ मन्दिरमा पनि विशेष पूजाको कार्यक्रम तय भएको जानकारी दिनु भएको छ ।