बिहिबार, बैशाख १३, २०८१

सभामुख घर्तीले प्रमुख दलका शीर्ष नेतासंग गरेको छलफल निष्कर्षविहिन

काठमाडौ मार्ग २८,  लामो समयदेखि व्यवस्थापिका–संसद्को बैठक अवरुद्ध हुँने क्रम बढेपछि सभामुख ओनसरी घर्तीले आव आफ्नो कार्यकक्षमा मुलकका प्रमुख दलका शिर्ष नेताहरुसंग छलफल गर्नु भएको छ । छलफलको क्रममा सभामुख धर्तीले व्यवस्थापिका संसदमा जारी अवरोध एवम मुलुकको सिमानाकामा जारी व्यवधानको समाधान गर्ने पक्षमा three-partyदलका नेता शिषनेताहरुलाइ आग्रह गर्नु भएको थियो ।
CRBWNxqUYAANWwcतर सत्तारुढ दलले भने भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी प्राधिकरण गठनसम्बन्धी विधेयकलाई सदनमा पहिलो कार्यसूचीका रुपमा राख्ने र सोलगत्तै संविधान संशोधनसम्बन्धी विधेयक राखेर समस्याको समाधान गर्ने बताउँदै गर्दा काँग्रेसका नेताहरुले भने सदनमा पेस गरिएका दुवै विधेयक महत्वपूर्ण रहेको भन्दै दुवै विधेयकलाई सँगै प्रस्तुत गर्नुपर्ने अडान प्रस्तुत गरेको बुझिएको छ ।
त्यस्तै काँग्रेसको अडानमा विमति जनाउँदै यस अघिनै मधेसी मोर्चाले दुवै विधेयकलाई सँगै पेस गरिए आफुहरुलाइ मान्य नहुँने बताउँदै आइरहेको छ । यसरी यि र यस्ता अड्चनका कारण सभामुखले आव्हान गर्नु भएको् आजको बैठक पनि निष्कर्षमा पुग्न नसकेको हो ।

यद्यपी मङ्गलबार अपराह्न १ बजे बस्ने संसद्को बैठक अगाडि नै सदन सञ्चालन गर्ने विभिन्न विकल्पका भन्दै दलका नेताहरु बैठकबाट बाहिरिएको थियो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, पूर्वसभामुख सुवास नेम्वाङलगायत उपस्थित हुनुहुन्थ्यो ।