शुक्रबार, बैशाख ७, २०८१

सदनमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता,संसद् बैठक सूचना टाँस गरेर स्थगन

काठमाडौ मार्ग २५, भारतीयले अघोषित नाकाबन्दीको विरोधमा व्यवस्थापिका–संसद्मा छलफल गर्न माग गर्दै केही सांसदहरु क्रमस लक्ष्मण राजवंशी, शिवलाल prime-Minister-election-in-nepal-300x201थापा र जयदेव जोशीलगायतले आज जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउनुभएको छ । सार्वजनिक महत्वको प्रस्तावमा भूपरिवेष्ठित राष्ट्रले पाउने पारवहन सुविधाको उल्लङ्घन हुने गरी विगत तीन महिनादेखि भारतले इन्धन, औषधिलगायतका अत्यावश्यकीय सामग्रीको आयातमा रोक लगाएको उल्लेख गर्दै नेपाली जनताको सार्वभौमसत्ता, अखण्डता र स्वाधीनतासमेतमाथि ठाडो हस्तक्षेप भएको उल्लेख गरिएको छ ।

यसैवीच व्यवस्थापिका–संसद्को आजको बैठक सूचना टाँस गरेर यही मार्ग २७ गते अपराह्न ३ बजेसम्मका लागि स्थगन गरिएको छ ।
आज अपराह्न ३ बजेका लागि बोलाईएको बैठकमा भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण गठनसम्बन्धी विधेयक मात्रै पेस गर्ने कि संविधान संशोधनसम्बन्धी विधेयक पनि सँगै पेस गर्ने भन्ने विषयमा दलहरुवीच कुरा नमिल्दा बैठक स्थगन गरिएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930