शुक्रबार, बैशाख ७, २०८१

संसद बैठक आज पनि बस्दै पुनर्निर्माण प्राधिकरण विधेयक पास गर्ने तयारी

काठमाडौ पौष १ , व्यवस्थापिका–संसद्को बैठक आज पनि बस्दै छ । अपराह्न ४ बजे बस्ने बैठकबाट पुनर्निर्माण प्राधिकरण विधेयक पास गर्ने तयारी सरकारले prime-Minister-election-in-nepal-300x201गरेको छ ।मधेसी मोर्चाले संसद् बैठक अवरुद्ध गर्दै आएको भए पनि नाराबाजीकै बीच विधेयक पारित गर्ने तयारी गरिएको छ । सरकारले हिजोको संसद् बैठकमा संविधान संशोधन विधेयक र पुनर्निर्माण प्राधिकरण गठनसम्बन्धी विधेयक पेश गरिसकेको छ ।

पुनर्निर्माण प्राधिकरण गठनसम्बन्धी विधेयकमा छलफल भइसकेकाले सो विधेयक आजै पारित गरिने बताइएको छ । तर संविधान संशोधन विधेयक भने नियमित प्रक्रियाबाट मात्र पास हुने छ ।संविधान संशोधन विधेयकमाथि संशोधन प्रस्ताव राख्न ७२ घण्टाको समय दिइने छ । त्यसपछि मात्र संशोधन पास हुने छ ।संविधान जारी गर्दाका प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादी संविधान संशोधन विधेयकको पक्षमा छनु । तर मधेसी मोर्चाले संशोधन विधेयक अपर्याप्त भन्दै विरोध गर्दै आएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930