शनिबार, बैशाख ८, २०८१

संविधान सम्झौताको दस्तावेज भएकाले वार्ता र संवादबाटै जारी समस्या समाधान गर्नुपर्नेमा पूर्वमन्त्री डा रिजालको जोड

 काठमाडौ पौष १६. राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर काठमाडौ प्रेस युनियनले आज राजधानीमा आयोजना गरेको वार्षिक anup_20151231_31साधारणसभाका उद्घाटन सत्रलाइ सम्बोधन गर्दै पूर्व सञ्चारमन्त्री एवम् काँग्रेस प्रचार विभागका प्रमुख डा मिलेन्द्र रिजालले मुलुकमा जारी
anup_20151231_27 anup_20151231_26 anup_20151231_23संविधान सम्झौताको दस्तावेज भएकाले वार्ता र संवादबाटै जारी समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ । तर मधेसमा देखिएको समस्या समाधानको लागि सरकारले जति सहयोग गर्नुपर्ने हो त्यो गर्न नसकेको भन्दै उहाँले संविधानको विशेषता जनतालाइ बुझाउँने नाममा सरकारले सुरु गरेको जनताको संविधान जनताको माझमा अभियान पञ्चायतकालको गाउँ फर्क अभियानजस्तै भएको बताउँदै जारी संविधानको जनतामा प्रचार गर्नुभन्दा जनताले प्रचार गर्नु राम्रो हुने हुने बताउँनु भएको छ ।  सम्बोधनकै क्रममा जननेता विपीको सस्मरण गर्दै नेता रिजालले पत्रकारमाथि आक्रमण हुँनु अनुचित भएको जनाउँ दिदै पत्रकारको पेसागत र भौतिक सुरक्षाका लागि पत्रकारिताको पेसा र धर्मलाई पनि पत्रकारले ख्याल गर्नु जरुरी रहेको बताउनुभएको छ ।

कार्यक्रममा काठमाडौँ काँग्रेसका सभापति भीमसेनदास प्रधानले देशको राजनीतिक परिवर्तनमा सञ्चारमाध्यम भूमिका आफैमा महत्व रहेको बताउँदै पत्रकारको पेसागत र भौतिक सुरक्षा हुनु आवश्यक रहेको अभिव्यक्ति दिनु भएको थियो ।  त्यस्तै गरि नेपाल तरुण दलका अध्यक्ष एवम् सांसद उदयशम्शेर राणाले मधेसमा जारी आन्दोलनका सम्बन्धमा सरकार गम्भीर बन्न नसकेको बताउादै छिटो भन्दा छिटो जारी संकटको निवारण गरिनुपर्नेमा आफ्नो भनाइ राख्नु भएको थियो ।

कार्यक्रममा वरिष्ठ पत्रकार कविर राणा नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष अनिता विन्दु प्रेस युनियनका केन्द्रीय उपाध्यक्षद्दय ईश्वरी ओझा, बाला अधिकारी, महासचिव अजयबाबु शिवाकोटी, पूर्वउपाध्यक्ष दामोदरप्रसाद दवाडी, पूर्वअध्यक्ष गोकर्ण अर्याल शाखाका सल्लाहकार जीवन भण्डारी, उपत्यका संयोजक नीरज खतिवडा, वाग्मती अञ्चल संयोजक रमेश खतिवडा, ललितपुर र भक्तपुरका अध्यक्ष जानुका बराल काठमाडौँका अध्यक्ष नकुल अर्याललगायतले मुलुकको विद्यमान संकट एवम् प्रेसमाथि देखिएको चुनौति लगायतका सवालमा युनियनको उपस्थितीको काँहा र कसरी भन्ने पक्षमा अभिव्यक्ति दिनु भएको थियो ।

anup_20151231_29anup_20151231_5