बुधबार, बैशाख १२, २०८१

शुक्रवारबाट लोडसेडिङगको समय बढ्दै,अव सातामा ७० घण्टा लोडसेडिङग

काठमाडौ पौष २, नेपाल विद्युत् प्राधिकरणले जारी लोडसेडिङगको समय बढाउँने भएको छ । प्राधिकरणले बढ्दो विधुत खपटसंगै नदीमा पानीको प्रवाह घटेको bulbभन्दै शुक्रबारदेखि लागू हुने गरी सातामा ७० घण्टाको दरले विद्युत्भार कटौती गर्न लागेको हो । प्राधिकरणका भारप्रेषण केन्द्रका प्रमुख भुवनकुमार खत्रीका अनुसार भारतको अघोषित नाकाबन्दीपछि खाना पकाउने समयमा विद्युत्को अत्यधिक माग बढेपछि विद्युत्को माग एक हजार ८०० मेगावाट पुगेको छ ।

नदीमा पानीको सतह घटेको र माग अनुसार विद्युत् आपूर्ति गर्न नसक्दा विद्युत्भार कटौती थप गर्नु परेको जानकारी दिनु भएको छ। उहाँका अनुसार शुक्रवारबाट लागू हुँने लोडसेडिङको नयाँ तालिका अनुसार अब दैनिक १० घन्टा विद्युत्भार कटौती हुनेछ । यसअघि प्राधिकरणले साढे आठ घन्टा आधिकारिक रुपमा विद्युत् कटौती गर्दै आएको थियो ।