बिहिबार, बैशाख १३, २०८१

विधमान अवस्थाको सम्बोधनको लागि दिल्लीका सिए विधार्थीद्वारा हस्ताक्षर सहित प्रम ओलीलाइ ज्ञापन

गोबिन्द पोख्रेल, नयाँ दिल्ली
मुलुकको कति माया छ भनेर यदि कसैलाई सोध्ने नै हो भने, मुलुक विहिन भएका नेपालीलाई सोध्नु प्रर्दैन । आफ्नो प्राणको त्यति माया गर्दैनन बरु राष्ट्रप्रति बफादार हुन्छन, चाहे ती कामका लागी प्रवासीएका हुन वा अध्ययनका लागी विदेशीएका नै किन नहोस सबैको चासो देशप्रेमप्रति नै देखिन्छ । यस्तै पहल कदमी भारतको राजधानी दिल्लीमा अध्ययनरत सिए लेवलमा अध्ययन गर्दै गरेका विधार्थी समूहले वर्तमान नेपालको स्थिति अत्यन्त जटिल र दयनिय अवस्थामा पूगेको अनुभुती गर्दै प्रवासमा रहने विधार्थीले सबै जिम्मेबार पक्षहरुलाई दबाब सिर्जना गर्ने उदेश्यले भारतमा रहेर सि.ए अध्ययन गर्ने नेपाली विधार्थीहरूको साझा समूह हातेमालोको नेतृत्वमा  वृहद हस्ताक्षर अभियान सम्पन्न गरिएको हो ।
आम जनजिविकामा प्रत्यक्ष असरपर्ने बस्तुहरूको आपूर्ती र नाकामा भैरहेको अवरोधको बेवास्ता प्रति सरकार मुकदर्शक भएको ठहर गर्दै विधार्थी समूह द्दारा संकलीत हस्ताक्ष्र सहितको ज्ञापन आज    हातेमालोको नेतृत्वमा आज नेपाल पुगेका प्रतिनिधीमण्डलद्दारा आज प्रधानमन्त्री  के.पि शर्मा ओलीलाई बुझाएका छन । यसरी बुझईएको ज्ञापनमा वर्तमान मधेसको जटिल र कष्कटर परिस्थितिलाई समाधान गरेर आम जनजीवन सामान्य अवस्थामा फर्काउन अनि हिमाल,पहाड र मधेशवीचको सम्बन्धलाई अझै गाढा बनाई एकताको सन्देश दिएर जनतालाई प्रगति पथमा हिड्ने वातावरण सिर्जना गर्नुको लागि आग्रह गरिएको छ ।

त्यस्तैगरि आन्दोलनकारी र सरकार दुवैलाई गम्भिर भएर मानव अधिकार हनन्का घटनामा समेत सचेत हुँन ध्यानाकर्षण गराउन चाहन्छौ भन्दै सचिव राहुल यादवद्दारा हस्ताक्षरित हस्ताक्षर अभियानको अपिलरुपी पत्रको सुरुमै नाराको रुपमा विधार्थीहरुले आऔ, हामी सबै एक ढिक्का भएर असन्तुष्ट पक्ष र सरकारलाई दबाब श्रृजना गरौ, जनतालाई प्रगतीपथमा अगाडी बढ्ने वाताबरण श्रृजना गरौ पर–निर्भरताको अन्त्य गरौ जस्ता नारा लेखिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।