शनिबार, बैशाख ८, २०८१

वार्ताबाट समाधान खोज्न चुरेभावरको आग्रह

काठमाडौ मार्ग १७ राष्ट्रिय चुरेभावर पार्टीले बन्द, हडताल, नाकाबन्दीभन्दा पनि वार्ता, संवाद र सहमतिको आधारमा संसद्बाटै समाधान खोज्नका लागि b082de8f441c3d910479623caef9510f_Lमधेसवादीसँग आग्रह गरेको छ ।  मधेसमा भएको आन्दोलन मधेसी र पहाडी समुदायबीचको नभई आआफ्नो अधिकारको लागि भएको भएको भन्दै बन्द, हडताल र नाकाबन्दीका कारण करिब दुई महिनादेखि नेपाली जनताले निकै सङ्कट पूर्ण जीवन गुजारिरहेको अवस्थामा मधेसमा भइरहेको आन्दोलनको स्वरूप परिवर्तन गर्न वा आन्दोलन फिर्ता गरेर विभिन्न राजनीतिक दल र सरकारसँगको सहमतिको आधारमा अगाडि बढ्नुपर्ने सो पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।