बिहिबार, बैशाख १३, २०८१

लियन शिक्षकद्वारा शिक्षा कार्यालय काठमाडौमा धर्ना, व्यवस्थापन नगरेको भन्दै विरोध

काठमाडौं पौष १३, लियन शिक्षकलाई व्यवस्थापन नगरेको भन्दै शिक्षकहरुले आज जिल्ला शिक्षा शिक्षा कार्यालय काठमाडौंमा धर्ना दिएका छन् । लियन शिक्षकहरुले काठमाडौंका जिल्ला शिक्षा अधिकारी शंकर बहादुर गौतममाथि लियन शिक्षक व्यवस्थापनका लागि आवश्यक Jilla Siksha karyalaya 1पहल नगरेको आरोप लगाएका छन् ।
शिक्षा मन्त्रालयले मिति २०७२।४।२१ मा ज्येष्ठताका आधारमा लियन पदमा कार्यरत शिक्षकहरुलाई व्यवस्थापन गर्नु भनी मन्त्रीस्तरीय निर्णय गरेपनि त्यसको कार्यान्वय हुन सकेको छैन । सोही निर्णयका आधारमा शिक्षा विभागले मिति २०७२।४।२४ चं नं २०७ को पत्रानुसार तल्लो पद लियन राखी माथिल्लो दरबन्दीमा कार्यरत सामुदायिक विद्यालयका शिक्षकहरुलाई आ–आफ्नो पदमा फिर्ता हुँदा लामो समयदेखि लियन पदमा कार्यरत शिक्षकहरु विस्थापित हुनुपर्ने अवस्थामा ती शिक्षकहरुलाई ज्येष्ठताको आधारमा समान तहमा सबै प्रकारका रिक्त, अस्थायी र राहत–अनुदान कोटा समेतमा जिल्ला तहको कार्यविधि तयार गरी जिल्ला शिक्षा समितिको निर्णयअनुसार व्यवस्थापन गर्न निर्देशन दिएको थियो ।
मन्त्रीस्तरीय निर्णय र शिक्षा विभागको निर्देशन अनुसार काठमाण्डौं जिल्ला शिक्षा कार्यालयले मिति २०७२।४।२५ मा सूचना प्रकाशित गरी लियन शिक्षकहरुलाई व्यवस्थापन हुनका लागि निवेदन आह्वान गरेको थियो । सोही अनुसार लियन शिक्षकहरुले जिशिका काठमाडौंमा निवेदन समेत दिएका थिए । तर काठमाडौं जिल्ला शिक्षा कार्यालयले उक्त निवेदनमाथि कुनै कारवाही नगरी २०७२।४।२१ को मन्त्रीस्तरीय निर्णय र शिक्षा विभागको निर्देशनको समेत अवहेलना गर्दै हाल काठमाडौं जिल्लामा प्रा।वि स्तरमा जिल्लान्तर सरुवा र राहत दरबन्दीमा नियुक्तिको लागि अनुमति दिएको लियन शिक्षकको आरोप छ । सो सरुवा र अनुमति बदर गरी अनुमति समेत खारिज गरीदिन हुन शिक्षा मन्त्रालय, शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालय समेतमा निवेदन दिँदा पनि कुनै कारवाही नभएको शिक्षकहरुले बताएका छन् । मन्त्रालयले गरेको निर्णय जिल्ला शिक्षा कार्यालयले नमानेर विधिको शासनको खिल्ली मात्र उडाएको छैन हामी शिक्षकको पेशागत अधिकार पनि कुण्ठित उनीहरुले बताएका छन् ।
जिल्ला शिक्षा अधिकारी मिडियामा लियनलाई पुनस्र्थापना गर्नका लागि रिक्त पद नरहेको प्रतिकृया दिदै झुठको खेती गरिरहेको लियन शिक्षक संघर्ष समितिकी संयोजक ज्योति महर्जनले आरोप लगाउनुभयो । लियन शिक्षकलाई व्यवस्थापन नगरी भएका रिक्त पदमा आफ्ना नजिकका व्यक्तिहरुलाई जिल्लान्तर सरुवा र राहत दरबन्दीमा पदस्थापना गरिरहेका छन् । मन्त्रालयले लियनलाई कार्यविधि बनाइ व्यवस्थापन गर्नु भनी गरेको पत्राचार पछि दर्जनौं शिक्षक जिल्लान्तर सरुवा गरी काठमाडौं जिल्ला शिक्षा कार्यालयबाट पदस्थापना पाएका छन् तर एक जना लियन शिक्षकको व्यवस्थापन हुन सकेको छैन । आनन्द भैरब मावि मूलपानीमा मकवानपुर जिल्लाबाट, प्रभात मावि थानकोटमा रुपन्देही जिल्लाबाट, बालविकास प्रावि बालाजूमा नुवाकोटबाट र तेज विनायक मावि गोठाटारमा राहत दरबन्दीमा शिक्षक नियुक्त गरिएको लियन शिक्षकहरुले ब��ाएका छन् । लियनको व्यवस्थापन नगरी खाली रहेका सीटमा जिल्लान्तर र राहतबाट शिक्षक राख्ने जिशिका काठमाडौंको निर्णय बदर हुनुपर्ने हाम्रो माग हो संयोजक महर्जनले भन्नुभयो ।