शुक्रबार, बैशाख १४, २०८१

लहरो तान्दा पहरो चक्र्रियो: संस्थागत पेट्रोलियम पदार्थ ठगी गर्दै आइरहेका थानकोट डिपोका प्रमुख पक्राउ

काठमाडौ मार्ग २८, महानगरीय अपराध महाशाखाले केहि समय अगाडि रिमोट कन्ट्रोलको प्रयोग गर्दै पेट्रोलियम पदार्थ ठगी गर्ने पम्पमाथिको कारवाहीको क्रममा पक्राउ परेका पम्प सञ्चाकको बयानको आधारमा नेपाल आयल निगम थानकोट डिपोका प्रमुख रविनकुमार शर्मालाई आज साँझ थानकोटबाट नियन्त्रणमा Rabin-Sharmaलिएको छ ।
काठमाडौँ महानगरपालिका–३१ पुतलीसडक घर भएका शर्मालाई महाशाखाबाट खटिएको टोलीले पेट्रोलियम पदार्थ ठगी गर्ने सञ्चालकको वयानका आधारमा नियन्त्रणमा लिएको हो । उहाँलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अपराध महाशाखाले केहि समय अघि राजधानीका १७ वटा पेट्रोल पम्पमा छापा मार्दा ठगी गर्ने मेसिन जडान गरेको भेटेको थियो । अनुसन्धानको क्रममा केही पेट्रोलियम व्यवसायीहरुले शर्मामाथि संस्थागत रुपमा पम्पमा कम्पाटमेन्ट सेटिङ गरेको, पम्प सञ्चालकहरुसँग मिलेर इन्धनमा कालोबजारी गरेको आरोप लागेपछि प्रहरीले आइतवार पक्राउ गरेको जनाएको छ ।