शुक्रबार, चैत्र १६, २०८०

राजनीति स्थायित्वको लागि राष्ट्रिय एकता आवश्यक : महामन्त्री सिटौला

काठमाडौ मार्ग १८, प्रेस युनियन काठमाडौँ शाखाले आज राजधानीमा आयोजित ‘संविधान कार्यान्वयनका चुनौती र सञ्चार माध्यमको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमलाइ सम्बोधन गर्दै काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले राजनीतिक स्थायित्वका र एकताको लागि कार्य एकताको विकल्प नभएको MG_0092बताउँनु भएको छ । त्यस्तै महामन्त्री सिटौलाले मुलुकमा जारी नयाँ संविधानको सवालमा रहेको यावत भ्रम चिर्न सञ्चारमाध्यमले प्रचारप्रसार सहित को उल्लेख्य भूमिका पनिर्वाह गर्नुपर्ने बताउँदै मुलुकमा जारी नाकाबन्दी लगायतका समस्याको समाधान गर्दै यसवीचमा जनताले जिउँदै आएको कष्टकर जिवनलाइ सहज पारिनु पर्नेमा जोड दिनु भएको प्राप्त समाचारमा जनाईएको छ ।

कार्यक्रमा वरिष्ठ पत्रकार हरिहर विरही ,नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष तथा राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्ले, नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष तारानाथ दाहाल नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष धर्मेन्द्र झ,ा वरिष्ठ पत्रकार कवीर राणा सहित अन्तरक्रियामा शाखाका अध्यक्ष नकुल अर्याल, पत्रकार गोकर्ण अर्याल, शिव लम्साल, ईश्वरी ओझा, ऋषि धमला, विष्णु बुढाथोकी, वीरेन्द्र केएम, शिरोमणि ढुङ्गाना, जगन्नाथ दुलाल, बाला अधिकारी, गीता मैनाली, सचिता बुढाथोकी, राधा चालिसे, निरज खतिवडा, डिल्ली सापकोटालगायतले मधेस काँग्रेसको प्रसंग जोड्दै आआफ्नो अभिव्यक्ति दिनु भएको थियो ।