बुधबार, बैशाख १२, २०८१

राजधानीको न्यूनतम तापक्रम शून्य डिग्री पुग्यो,आज सबैभन्दा बढी चिसो महसुस

काठमाडौं पौष ९, काठमाडौँ उपत्यकामा आज यो वर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले बुधबार  वर्षकै चिसो न्यूनतम तापक्रम ०.९ डिग्री सेल्सियस मापन गरेको थियो । तर आज बिहान ८ः४५ बजेको मापनअनुसार न्यूनतम शून्य डिग्री सेल्सियस पुगेको जनाएको हो ।  त्यस्तै आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १६.५ डिग्री सेल्सियस रहेको पनि महाशाखाले जनाएको छ । अघिल्लोे वर्ष सन् २०१४ को यही समयमा सबैभन्दा कम न्यूनतम तापक्रम १.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।