शनिबार, बैशाख ८, २०८१

योजना बनाउँदै बालबालिका

  • विमलकुमार थापा
    भक्तपुर पौष ६ , कक्षा ८ मा अध्ययन गर्ने किर्तिका न्यौपाने दङ्ग छिन् । उनी र उनीजस्ता बालबालिकाको कुराहरु उनी बस्ने नगरपालिकाको योजनामा पनि समेटिने भएपछि किर्तिकाको खुशीको सिमा नै छैन । उनी भन्छिन्–“गरिब बालबालिकाको लागि शिक्षाको व्यवस्था र स्वास्थ्य सेवा उपलब्ध गराउन नगरपालिकाले विशेष व्यवस्था गर्नु पर्दछ ।”
    IMG_20151219_124039[1]भक्तपुर जिल्लाको दक्षिण भेगमा रहेको अनन्तलिङ्गेश्वर नगरपालिकाले आर्थिक बर्ष २०७३/७४ को लागि योजना तर्जुमा सम्बन्धी नगरस्तरीय बाल भेलामा किर्तिका जस्तै झण्डै ५० जना बालबालिकाको सहभागिता रहेको थियो । भेलामा सहभागी बालबालिकाले आधारभूत रुपमा शिक्षा, स्वास्थ्य, खेलकूद र सरसफाइ जस्ता बिषयहरु आगामी बर्षको नगरयोजनामा समेट्नुपर्ने सुझाव दिए ।
    त्यसो त नगरपालिकामा सबै बालबालिकाले स्कूल जाने अवसर प्राप्त नगरेको पनि उनीहरुको बुझाइ छ । अझैपनि विद्यालयमा जान पाएका बालाबलिकाले दण्ड सजाय पाउने गरेको अर्की बालिका समृद्धि न्यौपाने अनुभव छ । उनी भन्छिन्–“बालबालिकालाई शोषण र दुव्र्यवहार गर्नु बालअधिकार हनन् हो ।” पढ्न पाउनु, शिक्षा र स्वस्थ्य सेवा पाउनु बालबालिकाको अधिकार भएको बालिका अञ्जना थापाको बुझाइ छ ।
    नगर बाल सञ्जालकी अध्यक्ष समीक्षा कार्की भने नगरपालिकाले आयोजना गरेको बाल भेलामा बालबालिकाको अझैपनि उत्साहजनक सहभागिता हुन नसकेकोमा दुखेसो व्यक्त गर्छिन् । बालबालिकाको विकासको निम्ति हरेक कुरामा उनीहरु सहभागिता हुनु जरुरी छ । तर, नगरस्तरीय बाल संरक्षण समिति अपेक्षा गरिएअनुसार क्रियाशील हुन नसक्दा बालबालिका यस्ता कार्यक्रमले गतिशीलता पाउन नसकेको बुझाइ सञ्जालकी अध्यक्ष कार्कीको रहेको छ ।
    सरकारले लागू गरेको बालमैत्री शासनको व्यवस्था अनुसार पनि स्थानीय निकायले आफ्नो कूल बजेटको १० प्रतिशत बालबालिकाको निम्ति खर्च गर्नुपर्ने भएकाले यस्तो भेलाबाट उठेका बिषयले सार्थक परिणाम ल्याउने भक्तपुर जिल्ला बालक्लब सञ्जालका अध्यक्ष श्रीकृष्ण थापा बताउँछन् ।
    नगरपालिकाको बाल संरक्षण तथा सम्बद्र्धन समितिका संयोजक लेखनाथ सुवेदी बालबालिकाले भेलाबाट माग गरेका बिषयबस्तुलाई आगामी आर्थिक बर्षमा समेटिने बताउँछन् । पहिलोपटक आयोजना गरिएको यस्तो भेलाबाट आएका सुझावकै आधारमा आगामी बर्षको योजना तर्जुमा हुनेमा सुवेदी विश्वस्त छन् ।