शनिबार, बैशाख ८, २०८१

यस्तो प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पत्ति विवरण

प्रमको एभरेष्ट बैंकमा ७ लाख नगद मौज्दात ,श्रीमती राधिका शाक्यको नाममा १४ तोला सुनका गरगहना

काठमाडौ मार्ग १८, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदमा निर्वाचित भएपछि पहिलो पटक आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । anup_20151112_28-300x200प्रधानमन्त्री ओलीद्दारा आज सार्वजनिक गरिएको सम्पति विवरणमा एभरेष्ट बैंक लिमिटेडमा जम्मा रु ७ लाख नगद मौज्दात रहेको उल्लेख गरिएको छ ।

त्यस्तै उहाँकी श्रीमती राधिका शाक्यको नाममा झापामा १० कट्ठा जग्गा र भक्तपुरमा डेढ रोपनी जग्गाका साथै अढाइतले घर र १४ तोला सुनका गरगहना, माछापुच्छ्रे बैंक लिमिटेडमा रु नौ लाख ५० हजार, प्रभु बैंक लिमिटेडमा रु चार लाख ५० हजार र रु १५ लाख बराबरको राष्ट्रिय बचतपत्र रहेको विवरणमा उल्लेख छ । प्रधानमन्त्री ओलीको उक्त सबै सम्पत्ति स्वआर्जन गरी प्राप्त गरेको उहाँले भर्नु भएको सम्पति विवरण फर्ममा उल्लेख गरिएको छ ।