शनिबार, बैशाख ८, २०८१

मोर्चाद्दारा कलैया काँग्रेसको कार्यालय र जननेता बिपीको सालिक तोडफोड सहित आगजनी

काठमाडौ पौष  १५, कलैया–६ स्थित बिपीस्मृति भवन नेपाली काँग्रेस पार्टी कार्यालयमा रहेको स्वर्गीय जननेता बिपी कोइरालाको IMG_7461सालिकलाई मधेसी मोर्चाका कार्यकर्ताले आज तोडफोड गर्नुका साथै पेट्रोलबम प्रहार गरी पार्टी कार्यालयमा आगजनी गरेको समाचार प्राप्त भएको छ । मोर्चाको आह्वानमा आज जिल्लाको विभिन्न गाविस निस्केको लाठी जुलुसले कलैया बजार परिक्रमा गर्ने क्रममा कलैया–६ स्थित बिपीस्मृति भवनमा तोडफोड र आगजनी गरेको समाचारमा उल्लेख गरिएको छ ।