शनिबार, बैशाख ८, २०८१

मेगाले ल्यायो भिसा क्रेडिट कार्ड

काठमाडौ मार्ग २९, मेगा बैंक नेपाल लिमिटेडले ग्राहकको सुविधालाई ध्यानमा राखी मेगा भिसा क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । पौष १ गते देखि लागु हुनेगरी बैंकले मेगा भिसा क्रेडिट कार्ड सञ्चालनमा ल्याउने बैंकले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै विज्ञप्तिमा उपत्यकामा १४ वटा र Captureउपत्यकाबाहिर १८ वटा गरी ३२ वटा आफ्नै मेगा मनी मेशिन ९एटीएम० सञ्चालन गरिरहेको मेगाले स्वदेश तथा विदेशमा सञ्चालन गर्न सकिने भिसा क्रेडिट कार्ड सञ्चालनमा ल्याउँन लागेको हो । त्यसो त यसअघिनै बैंकले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा समेत सञ्चालन हुने गरी मेगा भिसा डेबिट कार्ड प्रयोजनामा ल्याइसकेको छ ।

यसैगरी, विदेश यात्रा गर्न चाहने ग्राहकलाई सजिलो हुनेगरी बैंकले मेगा भिसा ट्राभल कार्ड पनि ल्याएको छ । मेगा भिसा ट्राभल कार्ड संसारभर प्रयोग गर्न सकिने मेगा बैंकले जनाएको छ । अन्तर्राष्ट्रिय ब्राण्डको भिसा कार्डमा आबद्ध भएपछि बैंकको कार्डको सञ्जाल अझ बढी विस्तार हुने बैंकको विश्वास छ ।