शुक्रबार, चैत्र १६, २०८०

महासंघद्दारा पत्रकारमाथि भएको प्रहरी ज्यादतीको भत्र्सना

 काठमाडौं पौष १४ , आन्दोलनकारी र प्रहरीबीच भइरहेको झडपको समाचार संकलन गर्ने क्रममा पौष १३ गते जनकपुरको जानकी प्रहरी चौकी नजिक समाचार सम्प्रेषण गरिरहेका अभिलाप दैनिकका सम्पादक राम हृदय यादब, अप्पन टीभीका सम्वाद्दाता आस्तिक साह र release 14 pushक्यामराम्यान राकेश मिश्रलाई आन्दोलनकारीलाई कुट्दै गरेको तस्वीर किन लिएको भन्दै प्रहरीले पत्रकार यादब र मिश्रलाई नियन्त्रणमा लिई कुटपीट गर्नुका साथै क्यामरामा कैद गरिएको फुटेज नष्ट गरिदिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विभिन्न चुनौती झेल्दै स्वतन्त्रतापूर्वक आफ्नो पेशागत दायित्व निर्वाह गरिरहेको पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिनुको सट्टा प्रहरीबाट गरिएको यो ज्यादती प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो  भएको ठहर सहित  महासंघले  प्रस्तुत घटनाबाटै  मुलुकमा प्रेस स्वतन्त्रता र शान्ति सुरक्षाको अवस्था कति नाजुक छ भन्ने थप प्रष्ट्याएको जनाउँदै महासंघले पत्रकारमाथि भएको प्रहरी ज्यादतीको कडा भत्र्सना गर्दै र घटनाको छानबिन गरी दोषीउपर कारबाहीको माग  गर्दै  पत्रकारलाई सहजरूपमा समाचार संप्रेषणको वातावरण निर्माण गर्न एवम यस्ता घटना दोहोरिन नदिन स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ ।