बिहिबार, बैशाख १३, २०८१

महतोको सिघ्र स्वास्थ्यलाभ लागि प्रार्थनासभा

काठमाडौं पौष १६, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको घटक दल सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो प्रहरीको कुटाईबाट घाईते भएको र हाल धरान स्थित विपिकोईराला मेमोरियल अस्पतालमा उपचाररत रहेकाले उनको सिघ्र स्वास्थ्य लाभको कामना सहित 20151231_132313 20151231_132342महोत्तरीको प्रकौलीमा स्थानिय छात्रछात्रा र नागरिक समाजले विहिवार प्रार्थनासभा आयोजना गरेका छन ।
सदभावनाका युवा नेता लालवावु यादवको नेतृत्वमा स्थानिय मा।वि।प्रकौली,शान्ति निकेतन ई.बो.स्कुल र मिथिला ई.बो.स्कुलका शिक्षक र छात्र छात्रा सहित नागरिक समाज समेतको उपस्थितिमा सो प्रार्थना सभा आयोजना गरिएको हो । छात्र छात्रा,शिक्षक,नागरिक समाजको व्यापक उपस्थितिमा आयोजित सो प्रार्थनासभामा उल्लेख्य उपस्थिति देखिएको थियो । प्रार्थना सभामा बोल्दै युवा नेता यादवले मधेश आन्दोलनका अगुवा नेता महतोलाई राज्यले ज्यानै मार्ने उदेश्यले हमला गरेको र अझैपनि उनको अवस्था नाजुक रहेको जनाएका थिए ।