बिहिबार, चैत्र १५, २०८०

मधेस आन्दोलन र अघोषित नाकाबन्दीका कारण मुलुकको आर्थिक प्रणाली अत्यन्तै सङ्कटग्रस्त भएको ठहर

एमाओवादी केन्द्रीय समितिको बैठक: अध्यक्ष प्रचण्डद्दारा २७ पृष्ठको राजनीतिक प्रतिवेदन पेस,बिहीबार पुनः बैठक बस्ने

काठमाडौं मार्ग १५, एमाओवादीको आजबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा तराई मधेस आन्दोलन र यसले सिर्जना गरेको समस्या माथि बेजोड चर्चा भएको बुझिएको छ । मुलुकमा नयाँ संविधान जारी भएसंगै उग्ररुपमा चर्किएको मधेस आन्दोलनको समस्या आफैमा राजनैतिक समस्या भएको भन्दै राजनीतिक downloadविषयलाई राजनीतिक तवरले नै सम्बोधन गर्नुपर्नेमा जोड दिँदै मधेस आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण जनजीवन प्रभावित हुनुको अलावा मुलुकको आर्थिक प्रणाली अत्यन्तै सङ्कटग्रस्त ठहर गरेको छ ।

त्यस्तै बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले वर्तमान राजनीतिक अवस्थाको र पार्टीको भावी कार्यदिशाका विषय समेटिएको २७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै संविधान जारी भइसकेको अवस्थामा त्यसबाट प्राप्त भएका प्रगतिशील र परिवर्तको मूल्य र मान्यतालाई आत्मसात् गर्दै भावी सङ्घर्षमा जुट्नुको विकल्प नभएको बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  साथै बैठकमा अध्यक्ष प्रचण्डले पार्टी छाडेका र छुट्टै पार्टी बनाएका मोहन वैद्य, मणि थापा, मातृका यादवलगायतका विभिन्न माओवादी घटकलाई पार्टी एकताका लागि समेत आग्रह गर्दै राजनीतिक प्रतिवेदन पार्टी केन्द्रीय सदस्यलाई अध्ययनका लागि बुधबारको समय प्रदान गरिएको र बिहीबार पुनः बैठक बस्ने गरी टुङगीएको उल्लेख गरिएको छ ।