शुक्रबार, बैशाख १४, २०८१

मधेस आन्दोलनका अगुवा र भारतीय प्रम मोदीका सुरक्षा सल्लाहकार डोभालवीच भेटवार्ता हुँदै

मधेस आन्दोलनका अगुवाको दिल्ली परामर्स जारी:

काठमाडौं मार्ग २२ , मधेसी मोर्चाका नेताले आज पनि नयाँ दिल्लीमा त्यहाँको नेताहरुसंगको भेटघाटलाई जारी राख्ने भएका छन् । Madhesi-morcha-400x219मुलुकमा जारी संविधान प्रति विमति जनाउँदै मधेस आन्दोलन जारी राख्दै मुलुकमा अराजक स्थिती सिर्जना गर्दै आइरहेका आन्दोलनका अगुवा नेताहरु विभिन्न कार्यक्रममा भाग लिने नाममा भारतीय सरकार र भारतीय राजनीतिक दललाई मधेस आन्दोलनबारे जानकारी गराउन आइतवार नया दिल्ली पुगेका हो ।

ajit-dobhal-890x395_cमोर्चाका नेताहरुले बिहान साढे १० बजे प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट्ने तय भएको छ । डोभालसँगको भेटपछि १२ बजे विदेश सचिव एस जयशंकरसाग उनीहरूको भेट तय भएको छ । भेटघाटपछि दिउँसो ३ बजे अब्जरभर रिसर्च फाउन्डेसनद्वारा आयोजित अन्तक्रियामा सहभागि हुने कार्यक्रम रहेको बुझिएको छ ।

मोर्चाका नेताहरुले सोमवार बिहान इन्डिया इन्टरनेसनल सेन्टरमा नेपालका लागि पूर्वभारतीय राजदूतको समूहसँग भेटवार्ता गरेका छन् । भेटमा पूर्वराजदूत जयन्त प्रसाद, देव मुखर्जी, शिवशङ्कर मुखर्जी, श्यामशरणलगायतसंग परामर्स गरेको थियो । त्यसअघि आइतबार हैदराबाद हाउसमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका मोर्चाका नेताले नेसनलिस्ट काँग्रेसका नेता करण सिंह, डिपी त्रिपाठी, जनता दलका अध्यक्ष शरद यादव, भारतीय कम्युनिस्ट पार्टी माक्सवादीका महासचिव सीताराम येचुरीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । बुधबार स्वदेश फर्कने बताइएको मोर्चा आबद्ध तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव नयाँ दिल्ली गएको हो ।