शनिबार, बैशाख ८, २०८१

मधेसी मोर्चाको निष्कर्ष:संविधान संशोधनको प्रस्ताव अमान्य ,वार्ताको औचित्य समाप्त, नयाँ आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौ पौष ३, मधमेसमा आन्दोलनरत मधेसी मोर्चाले सरकारसँगको वार्ताको औचित्य नरहेको र सरकार र नेपाली काँग्रेसले संयुक्त रुपमा संसद्मा पेस गरेको संविधान संशोधनको प्रस्तावले विगतमा प्रयोग भइसकेको समावेशीकरणको मान्यतालाई विकृत बनाई एकात्मक राज्यलाई निरन्तरता दिने काम गरेको an1आरोप लगाउँदै मोर्चाले उक्त संशोधनको प्रस्ताव आफूलाई मान्य नहुने जनाउँदै आन्दोलनका नयाँ कार्यक्रम घोषणा गरेको छ ।

मोर्चाको शुक्रबार राजधानीमा बसेको बैठकले ११ दिन लामो आन्दोलनका कार्यक्रम घोषणा गर्दै वार्ता पनि अव मधेसमा मात्रै गर्ने निर्णय गरेको हो । आज घोषित आन्दोलनका कार्यक्रममा पौष ५ गतेदेखि १५ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम अन्र्तगत संविधान संशोधनकोप्रति जलाउनेदेखि मसाल जुलुस, जिल्लाहरुमा आमसभा र लाठीजुलुस प्रदर्शन गर्नेसम्मका कार्यक्रम रहेका छन । त्यस्तै, मन्त्रीहरु, सरकारका प्रतिनिधि र सांसदहरुलाई मधेस प्रवेशमा रोक लगाउने, सरकारी गतिविधि हुन नदिने निर्णय पनि मोर्चाले गरेको छ ।
मोटरसाइकलमा आगजनी:  यसैवीच आज आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले आज वीरगन्जको घन्टाघरमा एउटा मोटरसाइकलमा आगजनी गरेका छन् । विरगञ्ज बन्दको अवज्ञा गरी मोटरसाइकलबाट पेट्रोल तस्करी गरिरहेको आरोपमा मोर्चाका कार्यकर्ताले ना १९ प १९६९ नंको मोटरसाइकलमा आगजनी गर्दा मोटरसाइकलमा सवार बारा परवानीपुरका राजेन्द्र पासवान घाइते भई नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार गराइरहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।