शुक्रबार, चैत्र १६, २०८०

मधेसवादी दलको ११ बुँदे मागप्रति साझा धारणा बनाउँन प्रमुखदलका नेताहरु विहानै देखि छलफलमा, साझ ६ बजे निर्णायक वार्ता

काठमाडौ मार्ग १६, मधेस आन्दोलनका अगुवा नेताहरुसंग आज हुँने भनिएको त्रिपक्षीय वार्ताको पूर्व तयारी स्वरुप प्रमुख सत्ताघटक नेकपा एमालेको मङगवार साँझ एमालेका पदाधिकारीबीच छलफल भएको छ । यसअघि आजको वार्ताको लागि धारणा बनाउन भन्दै प्रमुख तीन राजनीतिक दलवीच पनि दुईपक्षीय र Koirala-Oli-Prachanda-2त्रिपक्षीय छलफल भएको थियो ।

त्यसो त मङगलवार साँझनै सम्पन्न काँग्रेस पदाधिकारी बैठकले पनि मधेसी मोर्चासंग आज हुँने त्रिपक्षीय वार्तालाई निष्कर्षमा पु-याउन सकारात्मक भूमिका निर्वाह गर्ने निर्णय गरिसकेको छ ।  प्रमुख तीन राजनीतिक दलवीच पनि दुईपक्षीय र त्रिपक्षीय छलफल गर्दै मधेसवादी दलको तर्फबाट प्रस्तुत ११ बुँदे मागपत्रका सवालमा यो समाचार तयार पार्दा सम्म पनि कुनै साझा धारणा नबनेको बताईएको छ ।

यसैवीच प्राप्त एक जानकारी अनुसार आज साँझ बस्ने वार्तामा सीमांकनलाई केन्द्रमा राखेर छलफल हुनेछ । सत्तारुढ दुई दलले तयार पारेको प्रस्ताव र प्रमुख प्रतिपक्ष दलले भनेको संसोधन प्रस्तावलाई आधार बनाएर आज मधेसी मोर्चासँगको वार्ता प्रस्तुत हुँने     सरकारको तयारी  रहेको बताईएको छ।   यद्यपी साझा धारणा बनाउँन भन्दै तीन ठूला दल आज बिहानैदेखि मोर्चाका यिनै मागमाथि छलफलमा जुट्दै छलफलको निष्कर्षका आधारमा आज साँझ ६ बजेको बैठकमा बस्ने बताइएको छ।