बिहिबार, बैशाख १३, २०८१

भावी रणनीति तय गर्न काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं मार्ग २८, प्रमुख विपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय राजनीति तथा पार्टीको आगामी फागुन २० देखि २३ गतेसम्म राजधानीमा हुँने आसन्न १३औँ महाधिवेशन तयारीका बारेमा छलफलको लागि भन्दै केन्द्रीय 12065963_10153715318997329_4663525976894099584_nसमितिको बैठक बोलाएको गरेको छ । आगामी बुधवार अर्थात पौष १ गते बिहान पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने तय भएको कांँग्रेस मुख्यालयले जनाएको छ । मुलुकमा बढ्दो बामपन्थीको वर्चश्व एवम् पेलानको राजनितीको विरुद्ध अब प्रजातान्त्रिक शक्ति चलायमान हुन् आवश्यक रहेको ठहर सहित पार्टीको १३ औं महाधिवेशन तयारी संगसंगै भावी रणनीति समेत तय गरिने भएको छ ।

त्यस्तै बैठकमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन गर्न संविधान संशोधन र भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी विधेयक अघि बढाउन काँग्रेसले खेल्ने भूमिकाका बारेमा पनि छलफल गर्नुको अलावा क्रियाशील सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदन अनुमोदन गर्दै १३ औं महाधिवेशनका लागि योग्य मानिएका झन्डै पाँच लाख क्रियाशील सदस्यको टुंगो समेत लगाउँने भएको छ ।