शुक्रबार, बैशाख १४, २०८१

भारतीय हस्तक्षेप विरुद्धको बिरोधसभामा गैर राजनैतिक प्रवासी नेपालीको रोष प्रकट

नयाँ दिल्ली/अर्जुन खनाल ,मार्ग २१
नेपाली राजनितिका जनगर्गीय संगठनले भारतीय हस्तक्षेप विरुद्ध नयाँ दिल्लीको जन्तर मन्तरमा आइतवार विरोध सभाको आयोजना गर्दै गर्दा प्रवासमा रहेका नेपालीहरुले रोष प्रकट गरेका छन । एमाओवादीको– अखिल भारत नेपाली एकता मञ्च, नेकपा माओवादी क्रान्तिकारीको– अखिल भारत नेपाली एकता मञ्च, राजमो नेपालको– मूल प्रवाह अखिल भारत नेपाली एकता समाज र नेकपा एमालेको– प्रवासी नेपाली संघको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा 20151206_150048प्रवासी नेपालीहरुको तर्फबाट विशाल जन प्रदर्शन सहित विरोध सभाको आयोजना गरिएको थियो ।

विरोध सभाको मञ्चमा प्रतिनिधित्व नदिएको भन्दै गैर राजनैतिक संघ सस्थाहरुको तर्फबाट क्रमस अखिल भारत नेपाली स्वतन्त्र महासंघका महासचिव दिपक जि।सि पशुपतिनाथ सम्पर्क मञ्चका अध्यक्ष तुलसी ढकाल, उपाध्यक्ष रमेश शर्मा र नेपाली समाज सेवा समितिका कृष्ण शर्मा लगायतको टोलीले रोष प्रकट गरेको हो । त्यसपछि आयोजकले गैर राजनैतिक संघ संस्थाहरुको प्रतिनिधि संगठन अखिल भारत नेपाली स्वतन्त्र महासंघका महासचिव दिपक जि।सि पशुपतिनाथ सम्पर्क मञ्चका अध्यक्ष तुलसी ढकाल, उपाध्यक्ष रमेश शर्मा र नेपाली समाज सेवा समितिका कृष्ण शर्मा लगायतलाइ मञ्चमा स्थान दिएको समाचारमा उल्लेख गरिएको छ ।
त्यस्तै मूल प्रवाहका क्षेत्रीय प्रतिनिधी ठाकुर खनालको अध्यक्षतामा सम्पन्न उक्त विरोध सभामा प्रवासी संघका केन्द्रीय सल्लाहकार टिकाराम पोखे्रलले स्वागत मन्तब्य दिएका थिए ।  प्रस्तुत सभा भारतीय पुलिस प्रशासनको कडाईका बावजुद शान्तिपूर्ण तरिकाले सौहार्दपूर्ण वाताबरणमा सम्पन्न भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । त्यस्तै सभालाइ सम्बोधन गर्ने हरेक वक्ताले ब्यानर लगाउन नदिएको आक्रोस त कतिबेला हामी प्रवासी नेताहरु भारतीय खुफिया संयन्त्रको निगरानीमा छौ भन्ने कुराको आक्रोस पोख्दै बुलन्द अभिव्यक्ति पोखेको समाचारमा जनाईएको छ ।
सभालाइ सम्बोधन गर्दै प्रवासी नेपाली संघ भारतका अध्यक्ष लोकनाथ भण्डारीले हस्तक्षेप हो भनेर भन्न पाईदैन भनेर हामीलाई दबाव दिईएकोछ । सुनियोजित ढंगबाट आजको यो कार्यक्रम गर्न नदिने खेल समेत रचिएपनी हामी यो कायक्रम गर्न सफल भएको बताउँदै भारतीय पुलिस प्रशासन हाम्रो पछाडी परेको अभिव्यछि दिनु भएको थियो । त्यस्तै उहाँले अराष्ट्रिय तत्वहरुले नेपाली राजदुतावासमा प्रदर्शन गरेजस्तो नाटक गर्नु तर्क संगत नभएको टिप्पणी गर्दै नेपालबाट उच्च शिक्षा हासिल गर्न आएका केही औलामा गन्न सकिने विधार्थीहरुको यो अबुझपन देशका लागी घातक भएको टिप्पणी गरेका थिए ।

त्यस्तै अखिल भारत नेपाली एकता मंच भारतका अध्यक्ष इश्वरी भण्डारीले २०४५ सालको अघोषित नाकाबन्दी भन्दा खतरनाक नाकाबन्दी हो यो तथाकथित अघोषित नाकाबन्दी भन्दै संबिधान घोषणापछी यो नाकाबन्दीले उग्र रुप लिएको कुरा नेपाली जनताले कहिल्यै नभुल्ने वताएका थिए । नेपाललाई असल छिमेकीको रुपमा भारतले हेर्न सक्दैन भने यो अघोषित नाकाबन्दीलाइ घोषित गरेर अगाडी बढियोस । हामी झेल्न तयार छौ । जसले हामीलाई आत्मनिर्भरतातिर डोर्याउनेछ भन्दै उनले थपे दया गरोस भारतले र इन्धन, ग्यास र औषधी मुलो लगायत अति आवश्यक बस्तुहरु उपलब्ध गराओस भारतले भन्ने हैन ही ब्यापार पारवहन अन्र्तराष्ट्रिय कानुन बमोजिम नाकाबन्दी हैन नाका खुल्ला गर्ने काम गरोस ।

त्यस्तै अखिल भारत नेपाली एकता मञ्चका संयोजक लक्ष्मण पन्थले भारत भन्दा नेपाल पहिलो हो विश्व मानचित्रमा भन्दै लिच्छवी कालिन अवस्थाको बोध हिन्दीमै निडर रुपमा राखेका पन्थले नेपालीले वा नेपाल सरकारले ३० वटा प्रदेशबाट ३१ प्रदेशको रुपमा बिहारबाट झारखण्ड अलग हुदा नेपाल सरकारले चासो राखेन न नेपाली जनताले चासो राख्दै बिहारमा रहेको पटना झारखण्डमा मिलाउन कहिले भनेनन् भने नेपालका झापा, मोरंग र सप्तरीलाई २ मा मिलाए अनि कैलाली कन्चनपुरलाई ७ नं.मा मिलाए समस्या समाधान हुन्छ भनेर शान्तिपूर्ण नेपाललाई साम्प्रदायिकतातिर भारतले धकेल्न खोजेको जस्तो अवस्थामा मधेसीया जो नेपाली हुन साम्प्रदायिक रुपमा किन क्रुर बन्दैछन ? भन्दै नेपालीलाई सुख सँग जीउन दिनोस भनेका थिए । पन्तले हिन्दीमै बोले सबैलाई चेताउने साहस गरेकोले पनी उनी एउटा जिम्मेवार प्रवासी नेपाली नेता हुन भन्ने दर्शाएका थिए ।

 मूल प्रवाहका अध्यक्ष मित्रलाल शर्माले भारत सरकार र भारतीय संयन्त्रले मधेशका मुद्दा सम्बोधन गर नाकामा देखिएको समस्या समाधान हुन्छ भन्नुले अघोषित भनिएको नाकाबन्दी घोषित नै हो भनेर प्रमाणित गरीरहेको कुराको खुलासा गर्दै भारतले नेपालीले भारत बचाउन गरेको योगदान अचानक एक्कासी रुपमा बिर्सेको आरोप समेत लगाएका थिए । उनले नेपाली वीरहरुको कारण नै अहिलेको अखण्ड भारत विशाल भारतको रुपमा विश्व मानचित्रमा उभिएको हो । मर्न र मार्न नडराउने नेपालीले यो भन्दा बृहद आन्दोलन गर्न पछि  नपर्ने चेतावनी समेत दिईएको  थियो ।