शुक्रबार, चैत्र १६, २०८०

बुधवारको निर्णायक त्रिपक्षीय वार्तामा काँग्रेसले सकारात्मक भूमिका निर्वाह गर्ने

संशोधनको प्रस्ताव पारित गर्ने वातावरण बनाउँन पनि सबै दलसँग आग्रह

काठमाडौ मार्ग १५, सत्तारुढ दलहरु नेकपा एमाले, एमाओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, मधेसी जनाधिकार फोरम लोकतान्त्रिक , प्रमुख प्रतिपक्षी दल काँग्रेस र आन्दोलनरत मोर्चाबीच बुधवार हुँने भनिएको निर्णायक वार्ताको   पूर्व सन्ध्यामा व्यवस्थापिका संसदका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बुधवार nc flageहुँने त्रिपक्षीय वार्तालाइ निष्कर्षमा पु-याउन सकारात्मक भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

काँग्रेस पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यवीच आज भएको बैठकले आन्दोलनका कारण मुलुकको जनवीवन प्रभावित भएको निष्कर्ष सहित मधेसवादीदलको मागलाई सम्बोधन गरी मुलुकको वर्तमान समस्या हल गर्नुको विकल्प नभएको ठहर सहित यस्तो निर्णय गरेको हो । बैठकमा मुलुकको वर्तमान र मोर्चाले उठाएको ११ बुँदे मागका सम्बन्धमा गम्भीररुपमा छलफल हुनुका साथै बुधवार हुने वार्तालाई सफल बनाउन सबै विकल्पमाथि खुलारुपमा छलफल गर्ने निर्णय भएको पार्टी प्रवक्ता दीेलेन्द्रप्रसाद बडूले बैठक पछि जानकारी दिनु भएको छ ।

त्यस्तै उहाँले संविधान संशोधनको प्रस्तावलाई पारित गरे तराई मधेसमा भइरहेको आन्दोलनको धेरैजसो माग पूरा हुने भन्दै त्यसलाई तत्काल पारित गर्न अव ढिलाइ गर्न नहुँने भन्दै संशोधनको प्रस्ताव पारित गर्ने वातावरण बनाउँन पनि सबै दलसँग आग्रह गरेको छ ।