बिहिबार, चैत्र १५, २०८०

फ्रेण्ड्स फोरम बचतको २५ औं बार्षिक साधारणसभा

anup_20151226_1 गोपाल मानन्धर /काठमाडौं पौष ११,  फ्रेण्ड्स फोरम बचत तथा ऋण सहकारी संस्था लि,को २५औं बार्षिक साधारण सभा एवम् २८ औ वार्षिक् अधिवेशन  आज एक कार्यक्रमकावीच सम्पन्न भएको छ ।  संस्थाका जेष्ठ सदस्य गणेश जोशीको  प्रमुख आतिथ्यमा  सम्पन  उक्त कार्यक्रममा सचिव नरेशकुमार मल्लले   आर्थिक बर्ष २०७१ /०७२  को वार्षिक प्रगति विवरण  प्रस्तुत  गर्नु भएको थियो ।   आवको अन्तसम्मा  संस्थागत शेयर रकम रु,३७,८०,७०० र तथा कुल निक्षेप आब २०७१ ०७२ मा रु,३,३६,०८,९१४।२३ रहेको  जानकारी दिईएको थियो ।

त्यस्तै ५ सय ६९ जना सदस्यहरुको मध्यमा छात्रा आयुशा श्रेष्ठलाई छात्रवृत्ति प्रदान गरिएको  थियो भने नियमित बचतकर्ताको सम्मानबाट यसपटक    बालिका गिरी र अरुण गिरीलाइ सम्माननित गरिएको थियो ।  त्यस्तै  विधागत सम्मान अन्र्तगत     बाल वचततर्फ  सशांकमान स्थापति, पेन्सन तर्फ   लक्ष्मी श्रेष्ठ, एसएलसी उत्तिर्णतर्फ  आशिर्वाद श्रेष्ठ र आभाष श्रेष्ठ, जेष्ठ सदस्यतर्फ  चिज माया रंजितलाइ  पनि anup_20151226_2सम्मान गरिएको थियो ।

साथै संस्थाको २५ वर्षे  सदस्यहरु गिता श्रेष्ठ, जीतेन्द्र श्रेष्ठ, पुरुषार्थ श्रेष्ठ, विदुर गौतम, रविभक्त श्रेष्ठ  र १५ बर्षे सदस्यमा सरिता श्रेष्ठ, anup_20151226_3दिनेश सिंह मल्ल, आशिर्वाद श्रेष्ठ, कलिना लामा, मिना लक्ष्मी श्रेष्ठ, दिपक मल्ल, नरेश न्यौपानेहरु लाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । सोहि समारोहमा संस्थाको सदस्य सुश्री भूमी श्रेष्ठलाई राइजिङ्ग स्टार २०७१ प्रतियोगितामा   उपाधि जित्न सफल भएको भन्दै  सम्माति गरिएको थियो