बुधबार, बैशाख १२, २०८१

प्राकृतिक विपत्ति,आन्दोलनको रिपोर्टिङको क्रममा क्षति भएको सञ्चार सामग्री वा उपकरणमा खरिदमा सहुलियत दिइने

काठमाडौं पौष ३ , नेपाल पत्रकार महासंघको आग्रहमा प्रेस काउन्सिल नेपालले भूकम्प, प्राकृतिक विपत्ति वा आन्दोलनको क्रममा वा रिपोर्टिङको सिलसिलामा कुनै सञ्चारकर्मीको क्यामेरा, ल्यापटपलगायतका कुनै सञ्चार सामग्री वा उपकरणमा क्षति भई नयाँ खरिद गर्नुपर्ने भएमा सहुलियत दिने भएको छ ।
press matter 3 pushमहासंघ अध्यक्ष एवं प्रेस काउन्सिल सदस्य डा. महेन्द्र विष्टका अनुसार काउन्सिलको मिडिया विकास कोषको पौष २ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो

सो निर्णयअनुसार क्षति भएका सञ्चार सामग्री वा उपकरणको सट्टा नयाँ खरिद गर्नुपर्ने भएमा काउन्सिलबाट लागतको २५ प्रतिशत अनुदान प्राप्त हुनेछ । सो सुविधा प्राप्त गर्न सम्बन्धित जिल्ला प्रशासन वा जिल्ला प्रहरी कार्यालयबाट घटना विवरण र नेपाल पत्रकार महासंघबाट सिफारिससहित निवेदन दिनुपर्नेछ । निवेदन प्राप्त भएपछि सैद्धान्तिक सहमति लिई सामान खरिद गरेपश्चात भ्याट विलका आधारमा बिल बमोजिमको मूल्यमा २५ प्रतिशत रकम सम्बन्धित विक्रेतालाई भुक्तानी हुने महासंघद्दारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

त्यस्तै विज्ञप्तिमा महासंघले भूकम्प, प्राकृतिक विपत्ति वा आन्दोलनका क्रममा तोडफोड वा क्षति भएका वा रिपोर्टिङको सिलसिलामा सञ्चार सामग्री वा उपकरण क्षति भएको भए सो अनुसार महासंघ केन्द्रमा विवरण पठाउन र काउन्सिलबाट सुविधा लिन सम्वद्ध सबै पत्रकार र महासंघका शाखा÷एसोसिएट संस्थाहरूलाई आहृवान गरेको छ ।