शुक्रबार, बैशाख १४, २०८१

प्रम ओलीको प्रेस संयोजकमा अधिकारी नियुक्त

काठमाडौं मार्ग १६  प्रधानमन्त्रीको प्रेस संयोजकमा पत्रकार चेतन अधिकारी  नियुक्तगरिएको छ।  विसं २०५२ देखि पत्रकारितामा आबद्ध झापा जिल्ला दमक downloadनगरपालिका १० निवासी अधिकारीलाई विशिष्ट श्रेणी (सचिव) सरहको सुविधासहित आज नियुक्त गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । आमसञ्चार तथा पत्रकारिता र जनसङ्ख्या विषयमा स्नातकोत्तर गर्नुभएका अधिकारी यसअघि कान्तिपुर दैनिकको झापा समाचारदाताका रुपमा क्रियाशील रहेको थियो ।