शुक्रबार, चैत्र १६, २०८०

प्रमुख दल र मोर्चाबीच आज प्रारम्भिक निर्णायक वार्ताको तयारी,समिति स्वीकार्य नहुने मोर्चाको अडान

काठमाडौं मार्ग १८, जारी सविधान र सिमाङकन प्रति विमति जनाउँदै मधेसमा विगत लामो समयदेखि आन्दोलन जारी राख्दै मधेसी मोर्चा र प्रमुख दलहरुबीच आज प्रारम्भिक निर्णायक वार्ताको तयारी छ । विहिवार प्रमुख दलहरुकोवीच मधेसवादी दलले प्रस्तुत गरेको ११ बुँदे मागको सवालमा विहिवारको बैठक पछि Koirala-Oli-Prachanda-2बनेले साझा धारणाका आधारमा आज वार्ता हुने बताईएको छ । tharu-neta-nepal-685x374
समाचारस्रोतका अनुसार प्रमुख दलहरुवीच बनेको साझा धारणा अनुरुप मोर्चाका मागप्रति सकारात्मक हुँदै समाधानमा लचिलो भएर प्रस्तुत हुने निर्णय सहित तत्काल संविधान संसोधन गर्ने र प्रदेशको सीमांकनमा मोर्चाले जनाउँदै आएको असन्तुष्टिलाई सम्बोधन गर्ने गरि राजनीतिक समिति बनाउँने तयारी भएको बुझिएको छ । तर मधेसी मोर्चाले भने यस्तो समिति स्वीकार्य नहुने अडान कायमै राखेको छ ।