बुधबार, बैशाख १२, २०८१

पूर्वप्रधानमन्त्री कोइरालालाई साइकल

काठमाडौ पौष १५, जनसङ्ख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले कोइराला निवास महाराजगञ्ज पुगेर वातावरण मैत्री राष्ट्रिय अभियान’अन्तर्गत आज पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालालाई वातावरणमैत्री साइकल हस्तान्तरण  गर्नुभएको हो । त्यसक्रममा पूर्वप्रधानमन्त्री कोइरालाले केहीबेर साइकल चढेर अभियानमा सहभागिता जनाउनुभएको प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ ।

साइकल हस्तान्तरण पछि मन्त्री वासवानले थोपा थोपा इन्धन बचाउन र वातावरणमैत्री राष्ट्रिय अभियानमा सहभागी बनौँ मुल नाराका साथ मन्त्रालयले वातावरण मैत्री राष्ट्रिय अभियान सुरु गरेको सभापति कोइरालालाइ जानकारी गराउँनु भएको थियो । यसअघि हिजो प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललाई मन्त्रालयले साइकल प्रदान गसरकेको छ ।